Skip to content
LAXMI SUNRISE BANK

यस्तो पो रहेछ शेरबहादुर देउवाको भित्रि खेल !

अर्थ सरोकार

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले एजेन्डा नखुलाई केन्द्रीय कार्य समिति बैठक बिहीबार बोलाएपछि पदाधिकारी प्रस्ताव हुने धेरैले अपेक्षा गरेका छन्। उनी निकट स्रोतले भने पदाधिकारी मनोनयन गर्ने देउवाको तयारी झनै पर धकेलिएको जनाएको छ।
पदाधिकारी मनोनयनका विषयमा धेरै टिकाटिप्पणी उठ्न थालेपछि देउवा तत्कालका लागि उपसभापति थाँती राखेर महामन्त्री र सहमहामन्त्रीको मनोनयन प्रक्रिया अघि बढाउने तयारीमा जुटेका थिए। उपसभापतिमा विमलेन्द्र निधि र खुमबहादुर खड्काको मुख्य दाबी रहँदै आएको छ।
देउवा निधिलाई उपसभापति बनाउने पक्षमा छन्। त्यसैकारण निधि सरकारमा रहुन्जेल उपसभापति थाँती राखेर महामन्त्री र सहमहामन्त्रीको प्रस्ताव लैजाने सुरमा देउवा लागेका छन् ।
आफूलाई उपसभापति बनाउन दबाब दिँदै आएका खड्काले उपसभापति थाँती राखेर महामन्त्री र सहमहामन्त्रीको मात्रै मनोनयन प्रक्रिया स्वीकार नगर्ने चेतावनी दिएका छन्। 
  • कान्तिपुर दैनिकबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK