Skip to content
LAXMI SUNRISE BANK

अन्तराष्ट्रियस्तरमा शिर उचो पारेर आए भन्ने प्रधानमन्त्रीलाई देशको फोहारले नगिज्याउला ?

अर्थ सरोकार

 काठमाडौं – अन्तराष्ट्रियस्तरमा नेपालको शीर उँचो पार्ने काम गरेर फर्किएको दाबी गर्र्दैछन प्रधानमन्त्री प्रचण्ड । तर उनै प्रचण्डलाई यो देशको सडक र त्यहाँ फालिएको फोहोरको डंगुरले कतिको गिज्याउला यो प्रंसग किन पनि उठेको हो भने अहिले प्रधानमन्त्री प्रचण्ड खानेपानी तथा सरसफाई,विज्ञान प्रविधि,पशुपक्षी,महिला बालबालिका तथा समाजकल्याण सहित मन्त्रालयका विभागीय मन्त्री समेत हुन ।

राजधानीको सडकमा यसरी फोहोर थुप्रिएको छ कि सडकमा हिड्ने नागरिकहरु नाक थुनेर हिड्न विवश छन । नागरिक र विदेशी पर्यटक । यतिबिघ्न अव्यवस्था विश्वका कुनै पनि मुलुकमा हुन्न । जिम्मेवार निकाय र नेताहरुको गैरजिम्मेवारी पनि यस्तो त कुनै मुलुकमा पनि देखिन्न ।

राजधानी सफा गर्ने जिम्मेवारी पाएको काठमाडौं महानगरले सफाइमा ध्यान दिन सकेकोछैन । नेताहरुको चाकरी गरेको भरमा जागिर पकाउँदै आएका महानगरपालिकाका नोकरशाहहरुको ध्यान समेतच यता जान सकेको छैन ।अधिंकाश रोग व्याधिहरु यस्तै फोहोरमैलाका कारण लाग्ने गर्दछ । यद्यपि समयमै फोहोर मैला हटाउन तर्फ कसैको ध्यान गएको देखिदैन ।


स्वयं प्रधानमन्त्री खानेपानी तथा सरसफाइ मन्त्री छन् । उनले न पानी बितरण गर्न सकेका छन, न सरसफाइमै ध्यान दिन भ्याएका छन् । उनलाई विदेश भ्रमण र विदेशी नेताको पछि लाग्दैमा फुर्सद छैन ।प्रधानमन्त्री प्रचण्ड ब्रिक्स सम्मेलनमा भाग लिएर हिजै मात्र स्वदेश फर्किएका छन ।

विक्स्रको नेपाल आफैं सदस्य राष्ट्र भने होइन । यस्तो सम्मेलनमा नेपालको प्रधानमन्त्रीले भाग लिन त्यता पुग्नु नै गलत भएको राजनीतिक वृत्तमा टिका टिप्पणी समेत हुन थालेका छन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK