×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली कलाकारदेखि पत्रकारसम्मका अश्लील भिडियो राख्ने नेपाली पु* नामक अनलाइनको हर्कत कहिलेसम्म ? (फलोअप)

PRIME CA

नेपाली कलाकारदेखि पत्रकारसम्मका अश्लील भिडियो राख्ने नेपाली पु* नामक अनलाइनको हर्कत कहिलेसम्म ? (फलोअप)

अर्थ सरोकार

१९ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: < ४ मिनेट

काठमाडौँ
– ईन्टरनेटको माध्यमबाट हुने विभिन्न अपराधबारे धेरै जानकार छन् । नेपाल
प्रहरीले पनि इन्टरनेटको माध्यमबाट अपराध गर्ने वा गैरकानुनी काम
गर्नेहरूलाई बेलाबेला पक्रिने गरेको छ । तर इन्टरनेटमा खुलेआम अश्लीलताको
व्यापार गरेर पैसा कमाउँदा पनि यसतर्फ भने कसैको ध्यान जान सकेको छैन ।
सन्दर्भ हो, एक नेपाली अश्लील साइटको । www.nepali****.net  डोमेन भएको यो
साइट कोरियाबाट संचालन भएको छ । यसअघि अर्थ सरोकार डटकमले समाचार समेत
सार्वजनिक गरेको थियो । तर दिनका दिन नयाँ नयाँ भिडियोहरु अपलोड हुँदा पनि
प्रहरी भने मौन बसेको छ ।

महिला नै सक्रिय हुँदा झन् अफ्ट्यारो :
उक्त वेव साइटमा अपलोड भएका प्राय भिडियो सहमतिमै खिचिएका छन् । अझ कतिपय भिडियो त महिलाहरुले आफैं सेल्फी समेत खिचेका छन् । यसरी सरसर्ती त्यहाँ रहेका भिडियोहरु हेर्ने हो भने थोरै मात्र लुकेर वा झुक्काएर खिचिएका भिडियोहरु छन् । यसलेगर्दा आफ्नै चेलीबेटीको भिडियो अश्लील वेवसाइटमा अपलोड हुँदा पनि घटनालाई बाहिर ल्याउनभन्दा मौन बस्न नै पिडितका परिवारहरुले उचित ठानिरहेका छन्।

फोटो पनि अपलोड हुन थाले :
यसअघि उक्त वेवसाइटले नेपाली अश्लील भिडियोहरु राख्ने गरेको थियो । केहि समययतादेखि उक्त वेव साइटले अश्लील फोटोसमेत वेव  साइटमा राख्न  थालेको  छ । यौन कर्म गर्दै गरेका जोडीहरुले खिचेका तस्विरहरु समेत उक्त वेव साइटमा राखिएका छन् । उक्त वेव साइटमा नेपाली कलाकारदेखि पत्रकारसम्मका अश्लील फोटो तथा भिडियोहरु प्रकाशित छन् । अझ नेपाली कलाकारहरुको भिडियो हेर्नेको संख्या अरुभन्दा ठूलो छ ।

रिपोर्ट गर्दा हट्छ भिडियो तर पिडितलाई नै मतलव छैन :
यद्यपी यस्ता अश्लील भिडियो राखेको नेपाली पु* डट नेट नामक अनलाइनले रिपोर्ट गरेको खण्डमा यस्ता भिडियो तथा फोटोहरु हटाउने समेत गरेको छ । केहि समयअघि आफ्ना कर्मचारीको अश्लील फोटो उक्त पोर्नसाइटमा देखेपछी काठमाडौँबाट संचालन हुने एक अनलाइन पत्रिकाले उक्त फोटो हटाउन आग्रह गर्दा उक्त फोटो त्यहाँबाट हटेको थियो ।तस्विरमा आपत्तिजनक स्थितिमा आफ्नै महिला कर्मचारीको अश्लील सेल्फी देखेपछी उनलाई उक्त मिडिया हाउसले बर्खास्त समेत गरेको थियो ।

जानकारी दिंदा परिवारबाट उल्टै धम्की 
घटना काठमाडौँको हो । आफ्ना प्रेमीसँग अश्लील सेल्फी  खिचेकी एक महिला पत्रकारका प्रेमीले उनको आफुजस्तै अरु धेरैजनासँग शारीरिक सम्बन्ध भएको थाहा पाएपछि उनलाई ब्रेकअप मात्र दिएनन्, उनका तस्विरहरु, उनले गरेका अश्लील च्याटहरु र उनले बोलेका अश्लील सब्दहरु राखेर भिडियो नै बनाइ उक्त वेवसाइटमा राखिदियो । यसबारे थाहा पाएपछि उनी पहिला काम गरेको कार्यालयका हाकिमले उनको परिवारलाइ जानकारी पनि दियो ।

महिलाकै सेल्फी, र अरुले हेर्दा हर्कत महिलाकै बढी देखिएका हुनाले कार्यालयले उनको परिवारलाइ यस बिषयमा जानकारी दिएको थियो । तर त्यसको केहि समयपछि समस्याको समाधान गर्नुको साटो यसबारे कुरा गरे, एसएमएस गरे, वा फोन गरे, उल्टै जवरजस्ती करणीमा मुद्धा हाल्दिने धम्की परिवार निकट एक नेताबाट आएको थियो । उक्त कार्यालयका मालिक भन्छन्, ‘गल्ती पूरै महिलाको छ । सेल्फी छ, हाँसी हाँसी अश्लील फोटो खिचिएको छ । तर यसबारे जानकारी दिंदा उल्टै धम्कि आयो । आफ्नो कार्यालयको समेत बेज्जत हुने डरले उक्त भिडियो तथा फोटोलाइ रिपोर्ट गरी हटाइएको उनको भनाइ छ । ‘केहि तस्विर तथा भिडियोहरु हटाइएको छ, केहि बाँकी छ, अव परिवारबाटै त्यस्तो धम्की आएपछि हामीले के गर्नु ?’ उनले भने।

प्रहरीकै जवाफ, ‘राख्न पाइन्न भन्ने कहीं नियम छैन’
यसबारे हामीले साइबर अपराध
हेरीरहेका डीएसपी पशुपति कुमार रायलाइ सोधेका थियौं । उनले त उल्टै यस्तो
भिडियो राख्न नपाइने कुनै पनि नियम नभएको बताए । ‘कुनै मुलुकमा यस्तो
भिडियो राख्न नपाइने भन्ने नियम होला तर नेपाल लगायतका प्रजातात्रिक
मुलुकमा यस्तो भिडियो वेव साइटमा राख्न नपाइने वा हेर्न नमिल्ने भन्ने नियम
नै छैन ।’

यस्तो भिडियोले त अपराध जन्माउँदैन र ? वेव
साइटमा अश्लील भिडियो राखेको निहुमा कतिपय अपराधिक घटना भएका छन् नि ?’
भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘त्यस्तो भएको भए प्रहरीमा जानकारी
गराउनु पर्छ । प्रहरीले कारवाही गर्छ । तर भिडियो हाल्नै नपाइने वा हेर्ने
नपाइने भन्ने चाहिं होइन ।’ अनि बिगतमा नीलोपाटी नामक अनलाइन किन बन्द
गरियो त ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘त्यो कसले बन्द गर्यो मलाइ
थाहा भएनन । या सम्बन्धि अरु जानकारी नेपाल टेलिकमलाइ थाहा होला त्यहाँ
सोध्नुहोस् । केहिमहिना अघि अर्थ सरोकार डटकमका सम्बाददाता सुरज
प्याकुरेलले रातोपाटी डटकममा हुँदा उनलाई सम्पर्क गर्दा उनले अश्लील वेव
साइट चलाउनु अपराध भएको बताएका थिए । उक्त समाचारको लिंक यहाँ छ। 

 ४०० बढी नेपाली अश्लील भिडियो

यो
साइटले ४०० भन्दा बढी अश्लील नेपाली भिडियो संग्रहित गरिसकेको छ । नेपाली
अलावा पाकिस्तानी र भारतीय अश्लील भिडियो पनि यो साइटले संग्रहित गरिसकेको छ
। नेपालमा केही वर्ष अगाडि निकै नै चर्चामा आएको नम्रता श्रेष्ठको अश्लील
भिडियोदेखि पछिल्लो समय कलेजका केटाकेटीहरूले बनाएको अश्लील भिडियोसमेत
वेबसाइटमा संग्रहित भइसकेको छ । दैनिकजसो अपडेट हुने यो वेबसाइट विगत ४
बर्षदेखि सञ्चालन भइरहेको छ । जो कसैले सामान्य ‘लग इन’ गरेर अश्लील भिडियो
राख्न मिल्ने भएकाले पनि साइट निरन्तर अपडेट भएको देखिन्छ ।
कसले संचालन गर्छ यस्तो वेबसाइट ?
 प्राप्त
जानकारीअनुसार रोजगारीका लागि कोरिया गएका एक नेपालीले यो साइट संचालन
गरेका हुन् । ६ बर्ष अघि कोरिया गएका उनले यसबाट राम्रो आम्दानी गर्न
थालेपछि साइटलाई व्यवसायिक रूपमै अगाडि बढाएका हुन् । सुरुवाती दिनमा
कोरियाबाटै अपडेट हुने भएपनि हाल विश्वका कुनै पनि ठाउँबाट जो कसैले अश्लील
भिडियो तथा फोटो अपलोड गर्न मिल्ने प्रविधि प्रयोग गरिएको हुनाले यस
साइटमा नेपाली, हिन्दी र पाकिस्तानी भिडियोहरू अपलोड भएका छन् । आफूलाई
साइट संचालकका साथी बताउने विकास लामा (नाम परिवर्तन) भन्छन् ‘साइट
संचालकले मासिक रूपमा निकै राम्रो पैसा कमाउँछन् यो साइटबाट । त्यसैले पनि
उनी यो साइटलाइ निरन्तरता दिने मनसायमा छन् ।’
कसरी हुन्छ कमाइ ?
‘यो
साइटका थुप्रै ठाउँमा अन्य अश्लील साइटका बिज्ञापनहरू राखिएका छन् । उक्त
बिज्ञापनमा क्लिक गरेको खण्डमा त्यसबापत साइट संचालकले पैसा कमाउने गरेका
छन् ।’ लामाले सुनाए । उनी अगाडि भन्छन् ‘नेपालमा यो वेबसाइट नियमित हेर्ने
दर्शक पनि छन् । कतिपय भिडियोहरू नेपालबाटै अपलोडसमेत भएका छन् ।’ उनका
अनुसार नुहाउँदै गरेका, अश्लील शब्द प्रयोग भएका, विभिन्न स्क्याण्डल,
लुकेर खिचिएका वा सहमतिमै खिचिएका अश्लील भिडियोहरू समेत साइटमा अपलोड भएका
छन् । सबैजसो भिडियोका माथि, तल दायाँ र बायाँ स्थानमा विज्ञापन राखिएका
हुनाले पनि साइटको कमाइ निकै राम्रो छ ।
अश्लील लेख्ने बन्द, देखाउने अझै संचालनमा
बिकास
लामा अगाडि भन्छन्, ‘यसअघि विदेशबाट नै नेपाली अश्लील कथाहरू लेखिने साइट
नीलोपाटी डटकम संचालनमा आएको थियो । तर त्यसको केही समयपछि उक्त डोमेन
नेपालमा ’ब्लक’ भयो । तर विगत लामो समयदेखि संचालनमा आएको यो वेबसाइट भने
अझै संचालनमा छ । उनका अनुसार संचालकले एक्लै साइट संचालन गर्न गाह्रो
भएकाले पार्टनर गर्न समेत प्रस्ताव गरेका थिए । नेपालमा यो काम गैरकानुनी
भएकाले आफूले उनको प्रस्ताव नमानेको बताउँदै उनले भने, ‘यस्ता साइटले गर्दा
कतिको घर परिवार बिग्रिएको छ । नेपाल प्रहरीले यसबारे ध्यान दिनुपर्ने हो
।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: