×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७२ सालमा बैंकिङ कसुरमा एक करोड १५ लाख जरिवाना र तीन वर्ष कैद सजाय तोकिएका ललितपुरका हिरा महर्जन पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार

PRIME CA

२०७२ सालमा बैंकिङ कसुरमा एक करोड १५ लाख जरिवाना र तीन वर्ष कैद सजाय तोकिएका ललितपुरका हिरा महर्जन पक्राउ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंकिङ कसुरको मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले एक करोड १५ लाख जरिवाना र तीन वर्ष कैद सजाय भएका गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोका ४० वर्षीय हिरा महर्जनलाई पक्राउ गरेको हो ।
महर्जनलाई बिहीबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए । ललितपुर जिल्ला अदालतले महर्जनविरूद्ध २०७२ साल पुस १५ गते एक करोड १५ लाख ३८ करोड जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको थियो । उनलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयन गर्न प्रहरीले ललितपुर जिल्ला अदालतमा बुझाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: