
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गएको बिहिवार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन्, स्वास्थ्य उपचार गराउने बाहानामा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट बैंकक जाने बेलामा ओलीले वर्तमान प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना गरे ।kp oli car
ओलीले प्रचण्डलाई भारतीय इशारामा चलेको अभिव्यक्ति मात्र दिएनन् नेपालको संविधान संशोधनका विषयमा समेत भारतलाई आमन्त्रण दिएको घुमाउरो आरोप लगाए । पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले झण्डै १५ दिन लामो भ्रमण तय किन गरे ? नेपालमा जस्तै यहाँ नयाँ दिल्लीमा पनि उनको भ्रमणको चर्चा हुन थालेको छ ।
नेकपा एमालेका अनुसार बिहिवार थाइल्याण्ड प्रस्थान गरेका ओलीले बैंककमा स्वास्थ्य परिक्षण गराउने छन् । त्यसपछि उनको भ्रमण इन्डोनेशिया हुनेछ ।
एमाले पार्टी कार्यालयको विज्ञप्ती र ओलीको अभिव्यक्ति अनुसार भ्रमण विशुद्ध स्वास्थ्य परिक्षण तथा घुमघाममा केन्द्रीत रहेको देखिन्छ तर अन्त्यमा भने उनको भ्रमणको उद्देश्य भने अर्कै रहेको पाइएको छ । उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश बज्राचार्य र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागि छन् ।
तर, उनी चक्कर मारेर चक्मा दिने भन्दै भारतीय खुफिया एजेन्सीका मान्छे भेट्न बैंकक गएका हुन् । ओलीको भ्रमणका विषयमा भारतमा समेत चर्चा सुरु भएको छ । भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वास्थ्य परिक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रीत रहेको छ । त्यसैले ओलीको भ्रमणका विषयमा नयाँ दिल्लीमा चर्चा हुन थालेको हो ।
स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । पछिल्लो समय भारतीय गुप्तचर संस्था रअले दक्षिण एसियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ ।
अघिल्लो माघमा पूर्वराज ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । रअका प्रमुख राजिन्दर खन्ना पनि यसै हप्ता थाइल्याण्ड पुगेका छन् । उनले थाइल्याण्ड बसाइमा ओलीसँग नेपाल मामिलामा छलफल गर्नेछन । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्