
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – हिमालयन बैंकको व्यवस्थापन समूहले राजतिलक साप्ताहिकका प्रकाशक – सम्पादक भूपेन्द्र आचार्य बिरुद्ध मानहानीको मुद्दा दायर गरेको छ । राजतिलक साप्ताहीक र आर्थिक बजार मासिकका प्रधान सम्पादक रहेका आचार्य विरुद्ध राजतिल्क साप्ताहिकका समाचारहरुले आफ्नो बैंक र आफुहरुको मानहानी भएको भन्दै बैंकले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
के गरे आचार्यले ?
आचार्य भन्छन्, ‘हिमालयन बैकभित्र भएका अनियमितता र चोरीका काण्डहरुको बारेमा समाचार प्रवाह गरेका छौं र थियौं । यस वीचमा मलाई फोन गरी मार्ने धम्की समेत दिइएको थियो । हिमालयन बैंकका सिइओको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उजुरी र राष्ट्र बैंकले विपन्न कर्जाबारे गरेको कारवाहीको आधारमा समाचार लेखेका हौं । उजुरीको कपी र राष्ट्रबैंकको कारवाही पत्र हामीसँग सुरक्षित छ ।
के भन्छन् पत्रकार आचार्य ?
पत्रकार आचार्य अगाडी भन्छन्, जे भएपनि , हामीले जनताको पैसा सुरक्षित गर्नेबारे खबरदारी गरेका हौं । कसैको मानहानी गर्ने गरी समाचार प्रवाह गरेका होइनौ । हाम्रो उद्देश्य बसैको व्यक्तिगत चरित्र हत्या गर्ने होइन । नेपाली जनताको पैसा (डिपोजिट) भएको बैंकभित्र भएका दर्जनौ काण्डका बारेमा उनीहरुलाई सचेत गराउँने दायित्व हाम्रो पनि हो । सूचनाको हक हामीलाई पनि छ । जनताको पैसामा फूपूको श्राद्ध गर्ने बैंकको व्यवस्थापन टिम र त्यसका नाइके सिइओ अशोक राणाले समाचार लेखेको वापत प्रेस काउन्सीलमा उजुरी दिने ठाउँ हुदाँ हुदै अदालत जादैमा समाचार रोकिने छैन ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्