
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कहिले कर्मचारीको सेक्स काण्डले त कहिले नयाँ समाचार प्रमुखको एकलौटी कामले, पछिल्लो समय बढीनै विवादित बन्दै आएको कान्तिपुर टेलिभिजनमा अर्को लफडा परेको छ । नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक अनुसार टेलिभिजनले नियुक्ति नदिएपछि सुचना विभागको प्रेस पास बनाउनबाट बन्चित भएपछी कान्तिपुर टेलिभिजनले संसद छिर्न कर्माचारीहरुलाई प्रेस पास बनाइदिन सकेन जसका कारण टेलिभिजनले गत बुधबारको प्रधानमन्त्री निर्वाचनको लाइभ प्रशारण पनि आफैं गर्न सकेन ।
नियमअनुसार सुचना विभागको कार्ड बनाउन १९५०० रुपैयाँ प्रदान गर्ने नियुक्ति पत्रको आवश्यकता पर्छ । र त्यहि कार्डका आधारमा संसदभित्र छिर्न मिल्ने कार्ड बन्छ । स्रोतका अनुसार टेलिभिजनले नियुक्तिपत्र नदिपछी गत बुधबार सम्पन्न बह्येको प्रधानमन्त्रीको निर्वाचन कार्यक्रममा संसदमा कान्तिपुरका एक जना पनि संवाददाता पनि गएनन् किनकि त्यहाँ जानुपर्ने कोहिसंग पनि सुचना विभागको प्रेस पासका आधारमा बन्ने संसद छिर्ने पास थिएन । प्रेस पास नहुनुको एक पात्र कारण टेलिभिजनले नदिएको नियुक्ति थियो ।
स्रोत अगाडी भन्छ, ‘टेलिभिजनले पछिल्लो समय धेरै कर्मचारीहरुलाई १९५०० को नियुक्ति थमाएको छैन । जसका कारण पत्रकार परिचय पत्र पाउन बाट धेरै पत्रकार बन्चित भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्