×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको भाउ ४६ महिनाकै महँगो, अझै महंगीन सक्ने!

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सुनको भाउ ४६ महिनाकै महँगो, अझै महंगीन सक्ने!

Artha Sarokar

१९ श्रावण २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सुनको भाउ ४६ महिनाकै महँगो भएको छ । बुधवार पुन :  सुनको भाउ बढेको छ । मंगलबारसम्म स्थिर रहेको सुनको भाउ बुधबार भने तोलाको पाँच सय रुपैयाँले उकालो लागेपछी सुनको भाउ ४६ महिनाकै महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ५९ हजार पाँच सय रुपैयाँमा करोबार भइरहेको छ ।

बुधवार छापावाल सुन ५९ हजार पाँचसय पुगेको छ भने तेजावी सुन ५९ हजार दईसय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायि संघले जनाएको छ । सुनको भाउ सँगै चाँदी पनि दस रुपैयाँले महंगिएको छ। महासंघका अनुसार बुधबार चाँदी तोलामा नौ सय २० रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार चाँदीको भाउ तोलाको नौ सय दस रुपैयाँ पुगेको थियो।

सुनको भाउ बढेसंगै कारोबार भने घटेको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी