
- टिप्पणी
काठमाण्डौँ- पुष्प कमल दाहाल अर्थात प्रचण्ड। देशको पाएको ३९ नम्बरको प्रधानमन्त्री । र उनले प्रधानमन्त्री हुन दर्ता गरेको उमेदवारीको फर्म हो यो । जहाँ उनले आफ्नो पार्टीको नाम लेख्दा गल्ती भएपछि केरमेट गरी मिलाएका छन्।
उनको यो फर्म सार्वजनिक भएपछि आफ्नो पार्टीको नाम समेत राम्रोसँग लेख्न नजान्नेले कसरी देश चलाउलान् भन्ने चर्चा हुन थालेको छ ।
समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेकपा (संयुक्त) का जयदेव जोशी, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सांसद चन्द्रेश्वर झा रहेको संसद सचिवालयका उपसचिव सुदर्शन कुँइकेलले जानकारी दिए। बुधबार संसदमा नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन हुनेछ ।
रचण्डले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मध्येका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमालोपा नेता सर्वेन्द्रनाथ शुक्ल र सदभावना नेता लक्ष्मणलाल कर्णपनि दाहाललको उम्मेदावरीको समर्थक बसेका छन् । सदभावना नेता कर्णले कांग्रेस र माओवादीसँग आफूहरुको मागका विषयमा तीन बुँदे सहमति भएका आधारमा दाहालको उम्मेदवारीलाई समर्थन गरेको सरकारमा भने नजाने बताएका छन् ।
यस्तो छ गठबन्धनसँगको ३ बुँदे सहमति
१) अब बन्ने सरकारले मधेसी मोर्चाको आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई क्षतिपूर्ति लगायतका संघीय गठबन्धनका पूर्व शर्तालाई कार्यान्वयन गर्ने ।
२) सरकारले मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदेको आधारमा राजनीतिक सहमति खोज्दै संविधान संशोधन प्रस्ताव संसदमा लैजाने ।
३ं) मधेसी मोर्चा र गठबन्धनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गर्ने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्