
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आन्दोलनमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई महिनापछि सरकारमा जाने गरी कांग्रेस–माओवादी गठबन्धनसँग सहमति गरेको छ । सोमबार राति भएको सहमतिमा आठ मन्त्रालय दुई महिना खाली राख्ने र त्यसपछि मोर्चा सरकारमा जाने सहमति भएको एक मधेसी नेताले बताए ।
२ महिना पछी सरकारमा
‘प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गरेपनि तत्काल सरकारमा नगइ कार्यतालिका बने दुई महिनापछि मात्रै सरकारमा जाने सहमति भएको एक नेताले भने । मधेसी मोर्चाले आफ्ना २६ बुँदे माग सम्वोधन गर्ने कार्यतालिका बने लगतै सरकारमा जाने प्रतिबद्धता जनाएका छन् ।
पर्खाई कार्यतालिकाको
कार्यतालिका बनेपछि र संविधान संशोधनको प्रक्रिया अघि बढेपछिमात्रै सरकारमा जाने कुरा संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । आन्दोलनमा रहेका मधेसी मोर्चाले यतिबेलै सरकारमा जाने तयारी थालेकाभए पनि आन्दोलनमा उठाएका माग पुरा नुहँदै सरकारमा गए आफ्नो राजनीतिक भविश्य अन्यौलमा पर्ने भएपछि उनीहरुले दुई महिनाको समयसीमा लिएका हुन् ।
आठ मन्त्रालयमा सहमति
मधेसी मोर्चाले ११ मन्त्रालय रिक्त राख्न आग्रह गरेका थिए । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताले नमानेपछि आठ मन्त्रालयमा सहमति जुटेको छ । कार्यदलले तयार पारेको लिखित प्रतिबद्धतामा देउवा र प्रचण्डले हस्ताक्षर गर्ने भएका छन् भने मोर्चाबाट चार नेताले हस्ताक्षर गर्ने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्