- अर्थ सरोकार सम्बाददाता :
जनतालाई सुसुचित गरी देशमा भएका भ्रष्टाचार, छली र गलत धन्दाको खोज खबर गरी जनताका अगाडी प्रस्तुत गर्ने दावी गर्ने नेपालको पहिलो न्यूज च्यानल सगरमाथा टेलिभिजनले भ्याट छल्ने तथ्य फेला परेको छ । टेलिभिजनले साना बिज्ञापनदाताहरुलाई भ्याट बिल नदिने, र भ्याट बिल मागेको खण्डमा आन्तरिक राजश्वको नियम विपरित शुल्क लिएर कर्पोरेट अपराध गर्ने गरेको तथ्य फेला परेको हो । टेलिभिजनले करिव ३ बर्ष अगाडी देखि यस्तो गलत कार्य गर्दै आएको तथ्य खुलेको हो ।
सगरमाथा टेलिभिजनले कम विक्री देखाएर कर छली हुने गरी कारोबार भएको रकममा समेत बिल नै नकाटी रिसिप्ट मात्र थमाएर विभिन्न आफ्ना सोझा क्लाइन्टहरुलाई ठग्ने गरेको छ । टेलिभिजनले पैसा लिएको रिसिप्ट दिने तर भ्याट बिल नदिने गरेको छ । जवकी भ्याटमा दर्ता भएका कुनै पनि कम्पनीले यस्तो गर्नु अपराध मानिन्छ । भ्याटमा दर्ता भएका कुनै पनि कम्पनीले अनिवार्य भ्याट बिल दिनुपर्छ । तर टेलिभिजनले भ्याट बिल नदिने तर त्यहि भ्याट बिलका आधारमा दिइने रिसिप्ट भने थमाउने गरेको छ । सगरमाथा टेलिभिजनले भ्याट बिल नदिने र रिसिप्ट दिने गरेको तथ्य फेलापरेपछि बर्षौंदेखि सगरमाथा टेलिभिजनले भ्याट छली गरिरहेको फेला परेको हो ।
हेर्नुहोस् नियम यस्तो छ :
अर्थ सरोकार डटकमलाई प्राप्त प्रमाणमा सगरमाथा टेलिभिजन र दिव्या एडभर्टाईजीङबीच एक कार्यक्रम प्रशारण गर्ने सम्झौता गरिएको छ, जहाँ भ्याट बिल लिए २०,००० तिर्नुपर्ने र भ्याट बिल नलिए ८००० दिए हुने स्पष्ट लेखिएको छ । जवकी हाल विद्यामान कानुन अनुसार भ्याट भनेको १३ प्रतिशतमात्र जोड्न पाइन्छ ।
यसरी नियम विपरित करार गरेर सगरमाथा टेलिभिजनले कानुनमाथिनै धावा बोलेको छ भने लाखौँ रुपैयाँ भ्याट छलेको अनुमान लगाउन गाह्रो छैन । सगरमाथाले उक्त करारका आधारमा भन्दै करारको अर्को पक्षलाई भ्याट बिल दिएको छैन । तर भ्याट रिसिप्ट भने दिएको छ । सामान्यतया तोकिएको शुल्कमा १३% मूल्य अविवृद्धि कर अर्थात भ्याट जोडिएको वा थप भ्याट लाग्ने भनेर करार गरिएको हुन्छ । तर नेपालको कानुनलाइनै चुनाती दिनेगरी सम्झौतामा कार्यक्रम प्रशारण गरेवापत कुल रकम ८००० र भ्याट बिल लगेको खण्डमा २०,००० लाग्ने उल्लेख छ ।
हेर्नुहोस् आन्तरिक राजश्व विभागले जारी गरेको जानकारीमा यस्तो लेखिएको छ :
यसरी छल्छ सगरमाथा टेलिभिजनले कर :
करारको दोश्रो बुँदामा यस्तो लेखिएको छ । पूर्ण करार अर्थ सरोकार डटकमसँग सुरक्षित छ । |
सगरमाथा टेलिभिजनले ८००० का दरले ५२ भागको कार्यक्रम बापत पैसा लिएको छ भने सबैको रिसिप्ट दिएर भ्याट बिल भने दिएको छैन । सन् २०१२ मा गरिएको यो करारपछि उसले करचुक्ताको प्रमाण समेत लिइसकेको छ । तर करचुक्ता लिएको नाममा छानविननै हुँदैन र उसले गरेको गल्तीबाट उ मुक्त भयो भनेर सोच्नु गलत भएको आन्तरिक राजश्व विभागका कर्मचारीहरु बताउँछन् ।
भ्याटबिल नपाएपछी कार्यक्रम नै छोडे निर्माताले :
यस्तो छ नियममा :
मिलाउने ठाउँ थियो, सगरमाथाले त जानेनछ : विज्ञापन एजेन्सीका प्रतिनिधि
सगरमाथा टेलिभिजनसँग काम गरेका अन्य विज्ञापन एजेन्सीसँग अर्थ सरोकारले बुझ्दा केहि बिज्ञापन एजेन्सीहरुले टेलिभिजनमा भ्याट छली हुनु नौलो नभए पनि सगरमाथाले देखिनेनै गरी भ्याट छल्ने गरेको बताएका छन् । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक बिज्ञापन एजेन्सीका संचालक भन्छन्, ‘भ्याट बिल नकाट्ने हो भने ‘प्रोफोमा इन्भोइस’ दिएर मिलाउने चलन छ । कानुन विपरित नै भएपनि यो टेलिभिजनहरुमा चलेको अभ्यास हो । तर सगरमाथाले भ्याट बिल नदिने तर भ्याट रिसिप्ट दिने गरेर सिधै आफु फस्ने काम गरेको छ ।’
हेर्नुहोस् इन्भोइस नम्बर नराखिएका भ्याट रिसिप्टका केहि कपिहरु :