×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाई शुट लगाएर चोर छिर्यो विवाहमा, लगनगाँठोको २० हजार टप्काउंदा जन्ती हेरेको हेर्यै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

टाई शुट लगाएर चोर छिर्यो विवाहमा, लगनगाँठोको २० हजार टप्काउंदा जन्ती हेरेको हेर्यै !

Artha Sarokar

३० असार २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता/ काठमाडौँ 
काठमाडौँ- विवाहको मौसम छ यतिबेला । केहि दिनयता खुब बैबाहिक चहलपहल छ बजारमा । अझ आउन लागेका लगनहरुले गर्दा विवाहको मौसममा झन् रौनकता थपिएको छ । काठमाडौँमात्र होइन देशभरका पार्टी प्यालेसहरु मङ्सिरभर ‘प्याक’ छन् र हुने गरेका छन् । विवाहको मौसममा कमाइ गर्नेहरुलाई पनि फुर्सद छैन । बैसाख र मङ्सिरमा कमाएर अरु महिनामा घाटा सन्तुलन मिलाउनेहरु पनि छन् । अरु महिनाको कमाइ खर्च गरेर बैसाख र मङ्सिरको कमाइ बचाउनेहरु पनि छन् । पार्टी प्यालेस र सुन पसलहरुमा भीड बढेको छ । निकै खर्चिलो हुन थालेको विवाहमा चोरहरुको यहीबेला बिगबिगी पनि बढेको छ ।
लगनगाँठोको पैसा चोरीको एउटा प्रतिनिधि घटना
 काठमाडौँ धुम्बाराहीको एक पार्टी प्यालेसमा विबाह सम्पन्न हुँदै थियो । सबैजना विवाहको रौनकमा रमाईरहेका थिए । पराइ घर जानु पर्दाको पीडामा बेहुली खुब रोहिरहेकी थिइन् । त्यो स्वाभाविक पनि हो । जन्ती पक्षकाहरु आफ्नै हिसावले रामाइलो गरिरहेका थिए भने बेहुली पक्षकाहरु जन्तीलाइ खानपिन गराउनमै ब्यस्त थिए । विवाह सकिने समय भयो । सबै जना आफ्नै धुनमा थिए । एक्कासी बेहुलीको लगनगाँठोको हराएको थाहा भयो । लगनगाँठोमा पैसा राख्ने चलन छ । खोजीनीति गर्दा सबैले एक युवकमाथि शंका गरे । सबैले उसको फरक हाउभाउ र ‘हाइते हुइते’ पाराले याद गरेका रहेछन्।

र… त्यसपछि…  
बेहुला पक्षलाई बेहुलीको भाइ भन्ने बेहली पक्षलाई बेहुलाको मामा भन्ने टाई शुटमा सजिएका ती चोर रहेछन् । विवाहमा खिचिने भिडियोबाट तिनको पहिचान गर्ने प्रयास गरिएपनि अझै प्रयास भने सफल भने भएन । विवाहको मौसम भएकाले पुलिस केस गर्नपनि उचित नहुने बेहुला र बेहुली दुवै पक्षको  निर्णय भयो ।  यस्तै रौनकको मौका छोपेर ती चोरले लगनगाँठोमा रहेको करिव २० हजार टप्काए । विवाहको २० हजार खास ठुलो कुरा नमानिएपनि लगनगाँठो चोरिनुलाई अनिष्टको संकेत मानिने गरिएको छ । तर ती चोरले २० हजार टप्काइ छोडे । यो त प्रतिनिधि घटना मात्र हो यस्ता चोरहरु अहिले विवाहको मौसमलाई छोपेर कमाउ धन्दामा लागिरहेका छन् ।

बच्न आवश्यक, तर यस्ता छन् व्यावहारिक कठिन !
विवाहमा कसले लगनगाँठो चोर्छ कि भनेर हेर्ने कुरा पनि भएन । तर लगनगाँठोको जिम्मा चिनेकै मान्छेलाई दिनुपर्छ । यसले सम्भावित दुर्घटना टार्छ । तर मागी विवाहको खण्डमा परिवारबीच खास चिनाजाना हुँदैन । चोर टाई सुट लगाएर, टिका सहित नै जन्ती गएको हुन्छ । सबै आफन्तले  सबै आफन्त नचिन्ने यो समयमा को को जन्ती आयो सबै एक एक गरी हेर्न पनि सम्भव छैन । तर लगनगाँठोको हकमा भने नजिक आफ्नै मान्छे हुने र हुनुपर्ने भएकाले यसको ख्याल गर्न आवश्यक छ ।       

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी