
राजनीतिक अभिष्ट पूरा गर्न नेपाली जनतामाथि नाकाबन्दी लगाएपछि विश्वभरबाट आलोचित बनेको भारतले प्रमुख तीन दल र मधेशवादी दलहरुका बीचमा सम्झौता भएको बहानामा यही असोज १६ गतेदेखि नाकाबन्दी खोल्ने तयारी सुरु गरेको छ ।
नेपाली जनताले निर्माण गरेको नयाँ संविधान नभएको भन्दै एक सातादेखि नेपाली नाकाबन्दी लगाएको भारत अप्ठेरोमा पर्दै गएपछि आगामी असोज १६ गतदेखि नाकाबन्दी खोल्ने तयारी गरेको हो । यसका लागि मधेशवादी दल र प्रमुख तीन दलका बीचमा असोज १५ गतेभित्रै सहमति गराउन जोडदारका साथ लागि परेको छ ।
नाकाबन्दी लगाएर मानवताविरोधी अपराध गरेको भारतले चर्को अन्तराष्ट्रिय दबाब, सुरक्षा परिषदको सदस्य राष्ट्र समेत बन्नबाट बञ्चित हुने खतरा बढेपछि वातावरण मिलाउन नाकाबन्दी खोल्ने सुरक्षित मार्गको खोजिमा जुटेको छ ।
अन्तराष्ट्रिय परिस्थिति बिग्रदै गएपछि नाकाबन्दी खुल्ला गर्दा भारत परस्त भएको सन्देश जाने हुँदा कुनै कुने निहुँ बनाएर खोल्ने तयारीमा नयाँ दिल्ली सक्रिय भएको छ ।
त्यसका लागि गोप्य दूत नै काठमाण्डुमा परिचालित गरेको र अन्यभन्दा विश्वाससिला महन्त ठाकुरलाई मधेशवादीको तर्फबाट नेता बनाएर वार्ताको लागि पठाउने निर्णय गराइसकेको छ ।
जनसवाल दैनिकबाट