
गत शुक्रबार नेपाल आएका भारतीय विदेश सचिव सुव्रमण्यम जयशंकरले स्वदेश फर्केर नेपालबारे राम्रो रिपोर्ट गरेनन् भन्ने त यसै पनि थाहा भइसक्यो । नेताहरूसँग निकै कडारूपमा प्रस्तुत भएका उनले जवाफ पनि कडा नै पाएका थिए । आफ्नो देशमा गएर चाहिँ नेताहरूले आफूसँग व्यक्तिगतरूपमा सहयोगका लागि आग्रह गरेको सुनाउन भ्याएछन् ।
विदेश सचिव जयशंकर दिल्ली फर्केको भोलिपल्ट अर्थात् नेपालमा संविधान जारी हुने दिन प्रकाशित ‘हिन्दुस्तान टाइम्स’ले स्रोत उल्लेख गर्दै लेखेको छ, ‘नेपालका एक नेताले आफूलाई सत्तामा जान सहयोग गरेमा त्यसपछि (आफू सत्तामा गएपछि) मधेसको समस्या समाधान गर्ने प्रस्ताव गरेका छन् ।’ नेपाली नागरिकता धारण गरेर दिल्लीबाटै नेपालका विरुद्धमा निरन्तर लेख्दै आएका प्रशान्त झासमेत कार्यरत पत्रिकाले संकेत गर्न खोजेको नेता एमाले अध्यक्ष केपी ओली हुन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । किनभने, अब प्रधानमन्त्रीको लाइनमा ओली नै छन् ।
स्रोतका अनुसार, शुक्रबार बिहान दुई घन्टा ओली निवास बालकोटमा बस्दा राजदूत जयशंकरले राम्रै आतिथ्य पाएका थिए । उनी र उनका राजदूत रणजीत रायले संविधान निर्माणमा आफूहरूलाई ‘क्रस’ गरिएकामा निकै आक्रोश व्यक्त गरे पनि अध्यक्ष ओलीले शालीनतापूर्वक उनीहरूलाई सम्झाउने कोसिस गरेका थिए । कुराकानी सुरु हुँदा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल पनि दौरासुरुवाल लगाएर त्यहीँ पुगेका थिए । अध्यक्ष ओलीले बस्नु नभनेको भए त उनी किन बस्थे होला र ! तर, उनको उपस्थितिमा भारतीय टोलीले कुरा गर्न नचाहेपछि एकछिनमा उनलाई त्यहाँबाट निकालिएको थियो ।
स्रोतका अनुुसार, त्यसपछि मात्रै अध्यक्ष ओलीसँग भारतीयहरूले खास कुरा गरेका थिए । तर, अध्यक्ष ओलीले ‘मलाई प्रधानमन्त्री बनाइदेऊ, म यो गर्छु, उसो गर्छु’ भनेको नेपाली पक्षबाट पुष्टिचाहिँ भएको छैन । नेपालका नेतालाई अविश्वसनीय बनाउन, उनीहरूलाई पदलोलुप देखाउन र कसैलाई बनाउनमा आफ्नो हात हुन्छ भन्ने देखाउन रुचाउने भारतले अध्यक्ष ओलीलाई पनि त्यही दर्जामा राख्न यस्तो प्रचार गरेको हुनसक्ने अनुमान छ । भारतीय संस्थापनको नजिक मानिने ‘हिन्दुस्तान टाइम्स’ले नेपालमा नयाँ संविधान बन्ने पक्का भएदेखि लगातार त्यसका विरुद्धमा लेख्दै आएको छ । – बुधबार साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्