- अर्थ सरोकार सम्बाददाता
झापा । झापाको विर्तामोडमा सहकारीमा संस्थामा कार्यरत एक युवतीको शव भेटिएको छ । विर्तामोड–५ मा २५ वर्षिया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको हो । उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् ।
अर्जुनधारा घर भएकी उनी पछिल्लो समय विर्तामोडस्थित आफन्तको घरमा परिवारसहित भाडामा बस्दै आएको प्रहरीले जनाएको छ ।
उनको शव पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोलपम्प उत्तरमा भाडामा बस्ने घर अगाडि फेला परेको हो । तालिमप्राप्त कुकुरसहितको टोली बोलाएर अनुसन्धान थालिएको जानकारी दिए ।