×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साउन ५ गतेदेखि आयोजना प्रभावितका लागि तेह्रथुम पावरको ४ लाख कित्ता आइपीओ बिक्रीमा आउँदै, यी ठाउँबाट भर्न सकिने

PRIME CA

साउन ५ गतेदेखि आयोजना प्रभावितका लागि तेह्रथुम पावरको ४ लाख कित्ता आइपीओ बिक्रीमा आउँदै, यी ठाउँबाट भर्न सकिने

अर्थ सरोकार

२८ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित स्थानीयहरुका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले साउन ५ गतेदेखि तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँको दरले ४ लाख कित्ता सेयर जारी  गर्न लागेको हो ।
जसमा लगानीकर्ताले साउन १९ गतेसम्म १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।१९ गतेसम्म सबै आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म बिक्री खुला रहनेछ । तेह्रथुमको आइपीओमा एनआएबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रटिङ दिएको छ । लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् । 
 
साथै तेह्रथुम पावरको जलविद्युत आयोजना स्थलबाट पनि आइपीओमा आवेदन दिन सकिनेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: