
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको १ लाख ९० हजार ६५० कित्ता सेयरमा आवेदन दिने आज आइतबार अन्तिम रहेको छ । कम्पनीको उक्त सेयरमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ७५१ रुपैयाँमा १ लाख ९० हजार ६५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको थियो ।
न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्