×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाईमा आवेदन दिने आइतबार अन्तिम दिन

PRIME CA

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाईमा आवेदन दिने आइतबार अन्तिम दिन

२७ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङको ‘आरबीबी म्युचुअल फन्ड १’ को इकाईमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयर आवेदन दिन सकिनेछ । क्यापिटलले असार २३ गतेदेखि ‘आरबीबी म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्रीमा ल्याएको हो । जसमध्ये १३% कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक र २% इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ ।
सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन् । आरबीबी मर्चेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ६ गतेसम्म खुला रहनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: