
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा ८ वटा कम्पनीको कूल ५७ लाख ४२ हजार २०२ कित्ता सेयर सूचिकृत छ । ८ वटा कम्पनीमध्ये ६ वटा लघुवित्त, एक इन्स्योरेन्स र एक विकास बैंक सेयर सूचिकृत भएको हो ।
हेर्नुहोस् कसको कति ?
मिर्मिरे लघुवित्त
यस संस्थाको ९.१९९८ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ६४ हजार ४४८ कित्ता सेयर नेप्सेमा थपिएको हो ।
स्वरोजगार लघुवित्त
नेप्सेमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १२.३९ प्रतिशत अर्थात ४ लाख ५३ हजार ४२१ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
निर्धन उत्थान लघुवित्त
निर्धन उत्थानको १३ प्रतिशत अर्थात १९ लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त
यस संस्थाको २१ प्रतिशत अर्थात ५ लाख ५४ हजार ४९५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
महिला सहयात्रा लघुवित्त
महिला सहयात्राको १० प्रतिशत अर्थात १ लाख ३३ हजार १०० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सिभिल लघुवित्त
सिभिल लघुवित्त वित्तीय संस्थाको ३.५ प्रतिशत अर्थात ८१ हजार ८७६ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत अर्थात १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
एभरेष्ट इन्स्योरेन्स
यस कम्पनीको नेप्सेमा ८ प्रतिशत अर्थात ८ लाख ७६ हजार ७४४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्