- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता ६०० रुपैयाँमा ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो ।लगानीकर्ताले ६०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार २५ गते तोकिएको छ भने लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।