
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी सेयर बाँडफाँड भएको छ । कम्पनीको ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक सेयर बिक्रीका लागि असार ३ गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरिएको थियो ।
बुधबार ३ लाख ७४ हजार कित्ता सेयर बाँडफाँड गरिएको हो । यस पटकको बोलपत्र आव्हानका क्रममा कम्पनीको २० हजार ६३४ दशमलव ४६ कित्ता सेयर भने वितरण हुन सकेन । माग बमोजिम ८९६ देखि ८५०.५० सम्मको मूल्य अंकित गर्ने बोलपत्र दाताहरुलाई सेयर बाँडफाँड गरिएको हो ।
कम्पनीले प्रतिकित्ता ८५० मूल्य तोकेर उक्त सेयर लिलामीमा ल्याएको हो । बाँडफाँडमा नपरेका आवेदकहरुको रकम असार २५ गतेदेखि बैंक खातामै रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्