×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नार्पाभूमि गाउँपालिकाद्धारा १८ करोड भन्दा बढी बजेट विनियोजन, विपद् व्यवस्थापन र सडकलाई प्राथमिकता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नार्पाभूमि गाउँपालिकाद्धारा १८ करोड भन्दा बढी बजेट विनियोजन, विपद् व्यवस्थापन र सडकलाई प्राथमिकता

Artha Sarokar

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मनाङ । देशभरका धेरैजसो स्थानीय तहले असार १० गतेभित्रै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् तर मनाङको नार्पाभूमि गाउँपालिकाले अविरल वर्षापछि आएको बाढीपहिराका कारण ढिलो गरी बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले असार २० र २१ गते दशौँ गाउँसभाबाट विपद् व्यवस्थापन र सडकलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ ।
गाउँसभाले रु १८ करोड ५१ लाख ८७ हजार बराबरको बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिराका कारण पालिकाका सदस्य नै उपस्थित हुनसक्ने अवस्था नभएकाले केही ठाउँबाट घोडेटो बाटो मर्मतपछि गाउँसभा सम्पन्न गर्न सहज भएको हो।
‘बाढीपहिराले न त गाउँसभा समयमा गर्न सकियो, न राम्रोसँग छलफल गर्न नै, तर केही विषयमा राम्रोसँग छलफल गरी बजेट सार्वजनिक गरेका छौँ’, नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङ्मार लामाले भन्नुभयो । बाढीपहिराले नार्पाभूमि मात्रै नभई जिल्लालाई नै धेरै समस्यामा पारेको उहाँले बताउनुभयो । गाउँसभाको दिनमा पनि बाटो अवरुद्ध हुँदा सभाका सदस्य समयमै सभास्थलमा आउन नसक्दा ढिलो गरी शुरु गरिएको थियो ।
संविधानमा भएको बाध्यकारी अवस्थाले गर्दा ढिलै भए पनि सभा सञ्चालन गरिएको लामाले बताउनुभयो । बाढीपहिराले बढी क्षति पुर्याएकाले कोतो-छ्ययाछ्या-हुलाकीओडार-मेता सडकखण्डको बाटो मर्मतका लागि रु ० लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । साथै क्याङबाट फूगेट हुँदै फूगाउँसम्मको बाटो मर्मत गर्न २० लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सवारी साधन खरिदको योजना कटौती गरी बजेट विनियोजन गरेको छ । गाउँसभाले शिक्षा, स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी