- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्बन्धित सेयरधनीको डिम्याट खातामा ८% बोनस सेयर जम्मा गरेको छ । कम्पनीले गत चैत १६ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा जम्मा गरेको हो ।
यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुको खातामा भने उक्त बोनस जम्मा गरिएको छैन । उनीहरुले बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र जम्मा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको चैत २७ गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ८% बोनस सेयर र २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।