×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ४८ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुला, भाउ कति ?

PRIME CA

प्रिमियर इन्स्योरेन्स कम्पनीको ५ लाख ४८ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुला, भाउ कति ?

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको आज बुधबारदेखि संस्थापक सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता ६०० रुपैयाँमा ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले ६०० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
विद्यमान संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार २५ गते तोकिएको छ भने लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी आवेदन दिनुपर्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: