×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ क्यापिटलको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को २ करोड इकाई बुधबारदेखि बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ क्यापिटलको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को २ करोड इकाई बुधबारदेखि बिक्री खुला, कहिलेसम्म पाइन्छ भर्न ?

Artha Sarokar

१६ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गतको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री खुला गरेको छ । क्यापिटलले आज असार १६ गतेदेखि सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री खुला गरेको हो । यो खुलामुखी योजनामा लगानीकर्ताले यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ करोड इकाई सार्वजनिक रुपमा बिक्री गरी बाँडफाँड भइसकेपछि खुद सम्पति मूल्यका आधारमा तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेतामार्फत दैनिक खुद सम्पति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई कारोबार गरिने जनाएको छ ।
योजनाको सुरुको आकारको ५% इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १०% इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बिज पूँजीको रुपमा लगानी गर्नेछन् । जसमा असार २० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा असार ३० गतेसम्म आवेदन खुला रहनेछ । लगानीकर्ताले आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी