Skip to content
LAXMI SUNRISE BANK

व्यवसाय पुर्नउत्थानको लागि ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन रेबनको माग (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले रेष्टुरेन्ट तथा बार व्यवसायलाई पुर्नउत्थानको लागि ५० लाख सम्म सहुलियतपूर्ण कर्जाको उपलब्ध गराउन माग गरेको छ । सोमवार पत्रकार सम्मेलन गर्दै रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालले कोभिड-१९ का कारण पर्यटन क्षेत्रमा धेरै असर परेको र पर्यटन क्षेत्रभित्र पर्ने रेष्टुरेन्ट तथा बार व्यवसायलाई पनि अत्यन्तै असर परेको भन्दै यस व्यवसायलाई पुर्नउत्थान गर्न कम्तिमा एक पटकको लागि बिना धितो ५० लाख रुपैयाँ सम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेको हो ।
त्यस्तै बैंकहरुबाट लिइएको ऋणको ब्याज र किस्ता व्यवसाय पुर्ण रुपमा सञ्चालन नभएसम्म कम्तिमा ३ वर्षका लागि थप गर्न तथा नीजि आवास निर्माणका लागि लिएको ऋणको ब्याजदरलाई सहुलियतदर र तिर्ने पुर्नतालिकिकरणको लागि बैंकहरुसँग समन्वय गरिदिन पनि एशोसिएसनको माग रहेको छ । यसैगरी बैंकहरुले गर्ने लगानीको निश्चित प्रतिशत रकम पर्यटन क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्ने कार्यविधि बनाउन र रेष्टुरेण्ट क्षेत्रमा आश्रित कर्मचारीहरुको जिविकोपार्जनको लागि कम्तिमा ३ लाख रुपैयाँसम्म सहुलियतपुर्ण ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन पनि माग गरेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपालका कोषाध्यक्ष नरेशध्वज श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै एशोसिएसनले रेष्टुरेण्टमा पस्कने खानाको कच्चा पदार्थ पूर्ण रुपमा कृषि उपज हुने भएको र अधिकांश स्वदेशी उत्पादन नै हुने भन्दै १३ प्रतिशत मुल्यअभिवृद्धि कर खारेज गर्न पनि माग गरेको छ । सरकारले कर्मचारीलाई १० दिनको आन्तरिक भ्रमणमा जानदिई अतिरिक्त तलव भत्ताको उपलब्ध गराउने हुँदा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुलाई पनि आन्तरिक भ्रमणमा पठाउने व्यवस्था गर्न समेत माग गरेको छ । हेर्नुहोस् भिडियोः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK