
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले आज साँझ ५ बजे प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दैछन् ।
देउवाले सबै दललाई समेटेर सानो मन्त्रीमण्डल बनाउने तयारी पनि गरेका छन् । आजै अर्थमन्त्री र स्वास्थ्यमन्त्री नियुक्त गर्ने तयारीमा देउवा रहेको बताइएको छ । यद्यपि अर्थमन्त्री र स्वास्थ्यमन्त्री कसलाई बनाउने भने अझै टुंगो लागेको छैन ।
स्वास्थ्य मन्त्रालय काँग्रेस नेता गगन थापालाई दिने चर्चा पनि चलिरहेको छ भने अर्थको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्की वा बालकृष्ण खाँणलाई दिने तयारी रहेको चर्चा चलेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्