×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

PRIME CA
GLOBAL IME BANK

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

३० असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारी साधनमा २६ प्रतिशत भाडा बढाइएको हो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक, सहचालकको खर्च र सवारी साधनमा हुने मर्मतलगायत अरु किसिमका खर्चका आधारमा भाडा बढाइएको प्रवक्ता डा.भुसालले बताउनुभयो । विसं २०७२ यता भाडादर नबढाइएकाले अहिले बढाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सवारी साधनमा सबै कुरामा मूल्यवृद्धि भइरहेकै आधारमा भाडा बढाइएको हो ।’ -रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: