
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिटयान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिटयान्स भित्रिएको हो।
समिक्षा अवधिमा रेमिटयान्स आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटयान्स आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेकोे थियो ।
समिक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्