- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज बिहिबारदेखि माछापुच्छ्रे बैंकले ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ‘ माछापुच्छे ऋणपत्र २०८७’ जारी गरेको हो ।
यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक व्याजदर ८.५% पाउनेछन् । यस्तै यो ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।
यता लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् भने बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।