Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : लगातार पहिरो झर्दा पूर्व–पश्चिम राजमार्गका बस्ती जोखिममा, पर्वतमा भेडा चराउन लैजाँदै महिला

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले लगातारको वर्षातका कारण पूर्व–पश्चिम राजमार्गको बुटवल पाखापानीमा राजमार्गमाथिको पहाडबाट लगातार पहिरो झर्दा राजमार्ग छेउका बस्ती जोखिममा परेकोदेखि पर्वत जिल्लाको जलजला गाउँपालिका–७ मिलनचोक नजिकै भेडा चराउन लैजाँदै एक महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लगातारको वर्षातका कारण पूर्व–पश्चिम राजमार्गको बुटवल पाखापानीमा राजमार्ग माथिको पहाडबाट लगातार पहिरो झरेर क्षति पु¥याएको छ । पहिरोले राजमार्ग छेउका बस्ती समेत जोखिममा परेका छन् ।

पर्वत जिल्लाको जलजला गाउँपालिका–७ मिलनचोक नजिकै भेडा चराउन लैजाने क्रममा ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा कागतीमा गरिएको कलमी । यहाँ उत्पादन भएका बिरुवा देशका विभिन्न स्थानमा माग हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी तथा गाउँका प्रतिनिधिबाट भेरी नगरपालिका– २ रिसाङ र ३ को थल्लो थाप्लेमा उत्पादति घरेलु मदिरा नष्ट ।

तनहुँको भिमाद नगरपालिका–९ थामडाँडामा घरको आँगनमा लगाइएको तिउरी । साउने सङ्क्रान्तिको दिन हातमा तिउरी लगाउने प्रचलन थियो । केही वर्ष यता बजारमा पाइने मेहेन्दीले तिउरीलाई विस्थापित गरेको छ ।

कुशे गाउँपालिका–६ स्थित जचौरी गाउँभन्दा तलबाट डोजरमार्फत सडक खनिँदा १५ घर परिवार विस्थापित हुनुका साथै केहीको उठेबास ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK