×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गलकोटका दर्जन गौरवका योजना पूरा, एक करोडभन्दा बढी खर्चेर ९०० मिटर सडक ढलान

PRIME CA

गलकोटका दर्जन गौरवका योजना पूरा, एक करोडभन्दा बढी खर्चेर ९०० मिटर सडक ढलान

अर्थ सरोकार

प्रकाशित मिति : ३ श्रावण २०७८, आईतवार

बागलुङ । बागलुङको गलकोट नगरपालिकाले तीन वर्षअघि थालेको वडास्तरीय गौरवका योजना पूरा गरेको छ । नगरका ११ वटामा प्रत्येक एक÷एक वडामा फरक–फरक योजना समावेश गरी गौरवको योजनामा समावेश गरिएको थियो । चार वर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिले वडाको आवश्यकताका आधारमा बजेटको सुनिश्चिततासँगै छनोट गरेको तीन दर्जन आयोजना सम्पन्न भएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । गौरवका आयोजना छनोट गर्दा एक वडामा एक आयोजना भौगोलिक तथा सामाजिक मूल्याङ्कनका आधारमा गरिएको थियो ।

गौरवका योजनामध्ये कुनै वडामा पक्की सडक, कुनैमा स्वास्थ्य चौकी, कुनै वडामा वडा कार्यालय त कुनैमा सभाहल निर्माण गरिएको हो । गौरवका आयोजनामा लगातार २० देखि ६० लाखसम्मको बजेट बर्सेनि विनियोजन गरेर सम्पन्न गरिएको हो । “गौरवका आयोजनामा पहिलो वर्ष २० देखि ३० लाख विनियोजन गरेका थियौँं, यसलाई दोस्रो वर्ष थप गर्दै रु ४० देखि ६५ लाख र तेस्रो वर्ष सम्पन्न नभएका र बजेटको आवश्यकताका आधारमा विनियोजन गरेका थियौँ”, नगरप्रमुख गैरेले भन्नुभयो, ‘नगरले गर्व गर्न लायकका योजना सम्पन्न भएका छन्, जसका कारण सबै वडामा समानुपातिक विकाससमेत भएको छ ।”

गौरवका योजनामध्ये गलकोट–१ मा स्वास्थ्यचौकीको भवन निर्माणमा दुई रोपनी जग्गा व्यवस्थापन गरिएको छ । गलकोटमा निःशुल्क जग्गा पाउन सक्ने अवस्था नभएपछि जग्गा खरिदमा समेत नगरपालिकाले ठूलो रकम खर्च गरेको छ । अहिले स्वास्थ्यचौकी निर्माणको काम शुरु भएको छ । यस्तै वडा नं २ मा वडा कार्यालय भवन व्यवस्थापन र नगर सभाहल निर्माण भएको छ । दुई वर्षदेखि नगरपालिकाका सबै गतिविधि यही नगरसभामा भइरहेको नगरपालिकाका प्रवक्ता तथा गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो । सभाहलसँगै वडा कार्यालय व्यवस्थापनका लागि करिब ७० लाख खर्च भइसकेको छ ।

यस्तै वडा नं ३ ले बाइसे÷चौबीसे राज्यका पालामा गलकोटमा राज्य चलाउने कोतघरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि गौरवको योजना पूरा गरेको छ । कोत घरको मर्मत, पर्खाल, पदमार्ग तथा कोतघरमा अजङ्गका खुकुरी र खुँडा राखिएको छ । उक्त खुकुरी र खुँडा हेर्न पर्यटकसमेत पुग्ने गरेको वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । कोतघर पुग्ने सडकसमेत फराकिलो बनाइएको छ । ऐतिहासिक महत्वको कोतघरमा चैतेदशैँ र बडादशैँमा मेला लाग्छ । कोतघर संरक्षण, खानेपानी र पदमार्गमा नगरपालिकासँगै गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले समेत लगानी गरेको छ ।

नगरपालिका स्थापना भइसकेपछि चार वर्षको अवधिमा झण्डै ५० लाख खर्च भइसकेको छ । पदमार्गलाई पूर्णता दिन भने थप नौ लाख बजेट विनियोजन गरिएको छ । कोतघरमा राखिएका खुकुरी र खुँडा नेपालमै ठूलो भएको दाबीसमेत वडा कार्यालयको छ । यस्तै वडा नं ४ मा मध्यपहाडी राजमार्गबाट वडासम्म पुग्ने सडक कालोपत्र गरिएको छ । नगरपालिकाले ५० लाख खर्चेर सडक कालोपत्र गरेको छ । यस्तै नगरपालिकाको पुरानो बजार रहेको वडा नं ५ को हरिचौर बजार ढलान गरेको छ । तीन वर्ष लगाएर करिब एक करोडभन्दा बढी खर्चेर झण्डै ९०० मिटर सडक ढलान गरिएको छ ।

जिल्लाको पुरानो सदरमुकामसमेत रहेको हरिचौर बजार व्यवस्थित गरिएको वडाध्यक्ष नारायणध्वज मल्लले बताउनुभयो । हरिचौरमा रहेको गलकोट दरबार हेर्न आउने पर्यटकले पुरानो बजारसमेत अवलोकन गर्ने गरेको मल्लको भनाइ छ । यस्तै वडा नं ६ ले मजुवाबाट ढलेपिपल क्षेत्रमा बस्ती विकास मापदण्डअनुसारको सडक निर्माण गरेको छ । यस सडक नालीसहितको छ । समयमै सडक बनाएपछि बस्ती विकासलाई सहयोग पुग्ने, ताराखोलातर्फ जाने सडक पनि नियमित चल्ने अवस्थाको भएको छ । यस्तै वडा नं ७ ले आँगखेतबाट सानोखोलासम्मको सडक स्तरोन्नति गरेको छ भने वडा नं ८ मा सभाहलसहितको वडा कार्यालय बनेको छ । सुविधासम्पन्न र आकर्षक उक्त भवनमा ६४ लाख खर्च भएको छ । यस्तै वडा नं ९ ले बरेखानीमा सडक पु¥याएको छ । वडा नं १० ले सिद्धथान गैराबारी सडक र वडा नं ११ ले मल्मबाट रिघासम्मको सडक स्तरोन्नति गरेका छन् । –रासस

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: