काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २५ गते हुने भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय कमलादीमा दिउसो ३ बजे भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीले आइपीओ निष्कासन गर्ने मुख्य एजेन्डासहित सभा बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ भने लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा रहेको छ । यस्तै एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरको छ । कम्पनीले आइपीओ निष्कासनका लागि रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन । यद्यपी बोर्डबाट पाएपछि आइपीओ निष्कासन प्रकृया अघि बढ्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्