×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोहोरो अंकले बढेर बन्द भयो बजार, ११ अर्ब ११ करोडमाथिको कारोबार हुँदा कृषि विकास बैंकको सर्वाधिक कारोबार !

PRIME CA

दोहोरो अंकले बढेर बन्द भयो बजार, ११ अर्ब ११ करोडमाथिको कारोबार हुँदा कृषि विकास बैंकको सर्वाधिक कारोबार !

७ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबार अन्तिम दिन बिहिबार नेप्से बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२२ कम्पनीको ५ करोड ५७ लाख ६४ हजार ०६२ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ११ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार कृषि विकास बैंकको भएको छ । यस कम्पनीको ४६ करोड २१ लाख बराबरको सेयर कारोबार भएको छ । आज ५ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: