×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ गतेदेखि प्रभु बैंकले २ लाख २ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने, सर्वसाधारणलेसमेत आवेदन दिन पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१५ गतेदेखि प्रभु बैंकले २ लाख २ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने, सर्वसाधारणलेसमेत आवेदन दिन पाउने

Artha Sarokar

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु बैंक लिमिटेडले २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले साउन १५ गतेदेखि उक्त संस्थापक सेयर लिलामीमा ल्याउने भएको हो ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

आवेदकले एनएमबि क्यापिटल नागपोखरी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ भने यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी