×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने ठाउँ थपियो, हेर्नुहोस् अब कहाँ-कहाँबाट आवेदन दिन सकिन्छ ?

PRIME CA

तेह्रथुम पावर कम्पनीको ४ लाख कित्ता आइपीओमा आवेदन दिने ठाउँ थपियो, हेर्नुहोस् अब कहाँ-कहाँबाट आवेदन दिन सकिन्छ ?

अर्थ सरोकार

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ आवेदन संकलन केन्द्र थप भएको छ । कम्पनीले अब सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा तेह्रथुमबाट पनि आवेदन दिन सकिने बताएको छ । यसअघि कम्पनीको सो आइपीओमा माछापुच्छ्रे बैंकको हिले शाखा, ग्लोबल आइएमई बैंकको जिरिखिम्ती शाखा तथा नेपाल बंगलादेश बैंकको तेह्रथुम जिल्लामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिने व्यवस्था थियो ।
यस्तै लगानीकर्ताले आयोजना स्थलबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ४ लाख कित्ता सेयर बिक्री खुला गरेको छ । लगानीकर्ताले साउन १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म बिक्री खुला रहनेछ ।
आइपीओ बिक्री प्रबन्धकमा एनआएबीएल एस क्यापिटल रहेको छ भने रेटिङ एजेन्सी इक्रा नेपालले तेह्रथुम पावरलाई वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउने रटिङ दिएको छ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: