×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौरमा पनि गोली चल्यो, कफ्र्यु आदेश जारी

GLOBAL IME BANK

गौरमा पनि गोली चल्यो, कफ्र्यु आदेश जारी

७ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गौर, भदौ ७ – रौतहटको गौरमा आन्दोलनकारीहरुले प्रहरी चौकीमा आक्रमण गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाउँदा आधा दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते बनेका छन् । गौर–२ मा भएको झडपमा सुरक्षाकर्मी तर्फ ५ जना घाइते भएका छन् ।

घाइते मध्ये प्रहरीको गोली लागेका सहिन्द्र महतोको मात्र पहिचान खुलेको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरले भने प्रहरीले अश्रुग्याँस मात्र प्रहार गरेको र प्रहरी तर्फ हालसम्म ५ जना घाइते रहेको जानकारी दिए । आन्दोलनकारी तर्फ कति जना घाइते भए भन्ने बारे जानकारी नआएको प्रहरीले जानकारी दिए ।

स्थिति तनावपूर्ण बनेपछि साँझ साढे ४ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु लगाउने आदेश दिइएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: