
नवलपरासीको परासीमा जन्मिएका सौगात मल्ल नेपाली चलचित्रका लोकप्रिय नायक हुन् । कम बोल्ने सौगात अभिनयबाट भने छोटो समयमा दर्शकको मन जित्न सफल भएका छन् । ३५ बर्षका मल्लले लामो समय थिएटरमा अभिनय गरेका हुन् । उनको ठूलो पर्दाको अभिनय भने चलचित्र कागबेनीबाट सुरु भएको हो । त्यसबाट खासै चर्चा नभए पनि दोस्रोे चलचित्र लुटको पात्र हाकुकालेले भने उनले चर्चा बटुले ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
रोकिएका कामहरु हुँदैछन् । कार्यशालाहरु भईरहेको छ, त्यता नि जान्छु ।
लुटको पात्र हाकुकालेबाट एकाएक चर्चित हुँदा कस्तो लागिरहेको छ ?
मुख्य कुरा त मैले अभिनय गर्ने हो । कागबेनीमा पनि पात्र अनुसारको अभिनय गरेको हुँ । लुटमा पनि पात्र अनुसारको अभिनय नै हो गरेको, तर कुन पात्रलाई मन पराउने भन्ने दर्शकको कुरा हो ।
हाकुकाले जस्तै दर्शकको मन मस्तिष्कमा बस्ने खाले कुनै अर्को पात्रमा भबिष्यमा सौगात मल्ललाई देख्न पाइएला ?
त्यो त मैले यसै भन्न सक्दिन । पछिका मैले अभिनय गरेका पात्रहरु पनि त्यस्तै होला भनेर गरेको हुँ । तर त्यस्तो भएन । अभिनयको हिसाबले मैले आफुले पात्रमा रहेर गर्ने हो ।
३५ बर्षको भई सक्नु भएछ । बिवाह गर्न बेला भएन अब ?
अहिले सम्म त कुनै योजना छैन बिवाहको । बिवाह त गर्नु पर्ला एक दिन ।
तपाईलाई प्रेम प्रस्ताब कति आउछ ? प्रेमिका हुनुहन्छ ?
अब यो बिषयमा म के भनौं । प्रेमिका त छैन । प्रेम प्रस्ताब सामान्य आँउछ । तर त्यस्तो धेरै आउदैन ।
प्रेमिका छैन भन्नु भयो । जीवनमा प्रेम त भयो होला नि ?
प्रेम सबैलाई हुन्छ । मलाई पनि कुनै समयमा भयो । जब म २२ २३ बर्षको थिए त्यति बेला कसैसग प्रेम भएको थियो ।
लामो समय थिएटरमा बिताउनु भयौ नि है ?
हो, धेरै समय बिताँए । मलाई नै थिएटर रमाईलो लागेको हो । अहिले पनि मलाई थिएटरको काम नै रमाईलो लाग्छ ।
थिएटर र ठूलो पर्दाको चलचित्र मध्ये कुन अभिनयको हिसाबले सजिलो छ ?
दुबै नै सजिलो त छैन । दुबैमा पात्रलाई बुझेर अभिनय गर्नु पर्छ ।
कुनै नायिकासँग भबिष्यमा सगै खेल्ने मन छ ?
मलाई यहीसँग भन्ने छैन् । म त सबैसँग खेल्न चाहान्छु । उहाँहरुसग केही सिक्न चाहन्छु । किनकि हरेकसँग हामीले केहि न केहि सिक्न सक्छौ ।
कुन नायिकासग डेटिड जाने रहर छ ?
बिहे गरे पछि आफ्नै बुढीसँग जाने ।
कस्तो बुढीको पखाईमा हुनुहुन्छ नि ?
अब कस्तो भन्नु ? घरपरिवारलाई म भन्दा बढी माया गरोस् । सगै मलाई पनि माया गरोस् । साधारण भए पुग्छ ।
तपाई मिडियासँग भाग्नु हुन्छ भन्छन् नि ?
म मिडियासग भागेको त होइन । मैले अभिनयबाट आफुलाई देखाउने हो । एउटा कलाकारले जे देखाउनु पर्ने हो
त्यो अभिनयबाट हो जस्तो लाग्छ । अरुबेला मिडियामा छाउनु पर्छ जस्तो लाग्दैन् ।
तपाईको बिचारमा राजनिती के हो ?
यस्ता प्रश्नहरुको जवाफ मलाई दिन आँउदैन् । अनि तपाईहरुलाई मिडियासग भागेको जस्तो लाग्छ । राजनीत यही हो त म भन्न सक्दिन तर देशको एउटा मुख्य कुरा हो जस्तो लाग्छ ।
प्रेम के हो ?
प्रेम एउटा त्यस्तो कुरा हो जसलाई शब्दमा भन्न सकिदैन् ।
सेक्स के हो ?
सेक्स आवश्यक कुरा हो जुन सबैलाई आवश्यक छ ।
तपाईको आउनै लागेको चलचित्र कबडी कबडी कस्तो छ ?
यस्तो छ भन्दा पनि जब चलचित्र सार्बजनिक भएर हलमा जाने छ, चलचित्र हेर्ने दर्शक जब हल पुग्नु हुनेछ । पक्कै पनि रमाउनु हुने छ जस्तो लाग्छ । तिज आँउदै छ । सम्पूर्ण दिदि बहिनी तथा नेपालीलाई तिजको शुभकामना छ ।