
सवै राजनीतिक दलले आ आफ्ना सभासद्लाई त्यसै अनुसार तयारी अबस्थामा रहन आन्तरिक निर्देशन दिएका छन् । तराई मधेशमा आन्दोलनरत दलहरुसँग दुई दिन वार्ताका लागि प्रक्रिया स्थगन गरेका प्रमुख दलहरु आइतवार बस्ने संविधानसभाको वैठकबाट संविधानलाई अन्तिम रुप दिन तयार भएका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले शनिवार सवै सुरक्षा निकायका प्रमुखहरुलाई भेटेर आबश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । यसैलाई ख्याल गरेर देशभरको सुरक्षा निकायलाई सर्तक पारिएको छ । संविधानसभामा दर्ता भएका संशोधन प्रस्तावमाथिको छलफल सकिएको छ । अव प्रमुख दलका नेताहरुले बोल्ने र त्यसपछि ध्वनी मतका आधारमा दफाहरु पारित गर्ने जाने योजना बनेको छ ।
कुनै नाटकीय परिवर्तन भएन भने आइतवार बस्ने संविधानसभाको वैठक संविधान जारी गरेर मात्र उठने भएको छ । संविधानसभा सचिवालयले अब बस्ने वैठकलाई संविधानलाई अन्तिम रुप नदिएसम्म बसाल्ने तयारी गरेको छ ।