×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दसैंअघि ग्यास सम्भव छैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘दसैंअघि ग्यास सम्भव छैन’

Artha Sarokar

२८ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दसैंले छोपिसक्यो प्राय उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यास छैन । अधिकांशका सिलिन्डर रित्ता छन्, भरुँ त बजारमा पनि पाइँदैन । नागरिक दैनिकमा समाचार छ ।

 बजारमा पेट्रोल मात्र होइन, ग्यासका पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन् । विशेषगरी भान्साको चिन्ता गृहिणीलाई बढी हुन्छ।

राजधानीमा उपभोक्ताले कहिले पाउँछन् त ग्यास ? व्यवसायी भन्छन् – दसैंअघि सम्भव छैन ।

नेपाल ग्यास उद्योग संघका अनुसार राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज हो । वीरगन्ज भन्सार अझै खुलेको छैन । खुलेपछि पनि ल्याएर राजधानीका उपभोक्ताका भान्सामा ग्यास पुर्‍याउन कम्तीमा एक साता लाग्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी