×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ नबिल बैंकको लफडा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यस्तो छ नबिल बैंकको लफडा !

२१ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सर्वसाधरणको अर्वाै निक्षेप रहेको संस्थालाई अर्वपति विनोद चौधरीले चाउचाउ उद्योग जस्तै बनाउन खोज्दा नविल बैंकमा दिन प्रतिदिन लफडा बढ्दै गएको बताइन्छ । नबिल बैंकको सञ्चालक समितिबाट शंकरप्रसाद पाण्डेले राजिनामा दिएपछि बैंकभित्र विवाद चुलिदै गएको छ ।

पाण्डे बैंकका व्यवसायिक सञ्चालक पनि हुन् भने बैंक सञ्चालक समिति अध्यमा कृष्णवहादुर मानन्धर कार्यरत रहेका छन् । बैंकले कम्पनी सचिवमा भने कानुन विभागमा कार्यरत माधवप्रसाद रेग्मीलाई नियुक्त गरेको थियो । सात सदस्यीय सञ्चालक समितिबाट राजिनामा गरेसँगै बैंकको व्यवसायिक सञ्चालक पद खाली भएको थियो । बैंकको कम्पनी सचिवका रुपमा प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले नै काम गर्दै आएका थिए ।

 नेपाल राष्ट्र बैंकले एनबी इन्टरनेशनलको नामबाट नबिल बैंकमा गरेको लगानीवापत पाउनु पर्ने करोडौं नगद लाभांश बाहिर लैजान नदिएपछि बैंकमा विवाद बढ्दै आएको छ । यसका लागि बैंकमा उनले कर्मचारी निकाल्ने, नयाँ कर्मचारी भर्ना गर्ने, विदेशीलाई भित्र्याउने जस्ता गैर कानुनी कार्यहरु गरिरहेका छन् । तर विदेशी स्वामित्वमा रहेको सेयर खरिद बिक्री गर्न पनि राष्ट्र बैंकको अनिवार्य स्वीकृतिको प्रावधान राखिएपछि चौधरीका गैर कानुनी हर्कतहरु एकपछि अर्को गर्दै बाहिर सार्वजनिक भइरहेका छन् ।

 नविलमा आयरल्यान्डको एनबी इन्टरनेसनल लिमिटेडको नाममा सबैभन्दा बढी ५१ प्रतिशत सेयर छ । यो के कम्पनी हो, कस्तो कम्पनी हो भन्ने कुरा आजसम्म खुलेको छैन । स्रोतका अनुसार यो चौधरी समूहकै कम्पनी हो । गत वर्ष ५१ प्रतिशत शेयर रहेको एनवीले नगद लाभांश लिन बोर्डबाट पारित गराउन सफल भएपनि साधरणसभाले अस्वीकृत गरेको थियो । तर चौधरीले साधरणसभा नै रोकेर बोनस र लाभांश बराबर हुनुपर्ने प्रावधान बनाई करोडौं रकम विदेश पु¥याएका थिए । स्रोतका अनुसार चौधरीले नविल हत्याउन शुरुमा राष्ट्र बैंकका तत्कालिन गभर्नर सत्यन्द्रप्यारा श्रेष्ठलाई प्रयोग गरेका थिए ।

त्यतिखेर चौधरीकै स्वार्थ अनुकुल जुनसुकै विदेशी कम्पनीले पनि नेपालको बैंक तथा वित्तिय संस्थामा लगानी गर्न पाउने प्रावधान बनाइएको थियो । कानुनमा रहेको यही ‘जुनसुकै कम्पनी’को व्यवस्थालाई टेकेर एनबी इन्टरनेसनलको नाममा चौधरीले नबिल बैंक हात पारेका थिए । एनवी इन्टरनेशनल कुनै बैंक तथा वित्तिय संस्था होइन । चौधरीलाई राष्ट्र बैंकमा रहँदा कृष्णबहादुर मानन्धरले पनि सहयोग गरेका कारण हाल नविल बैंकको अध्यक्षमा मानन्धर नै छन् ।

यदि राष्ट्र बैंकको निर्देशन कार्यान्वयन हुने हो भने विदेशी व्यक्ति वा संस्थाको लगानी विदेशी बैंक, वित्तिय संस्था वा नेपाली व्यक्ति, संस्थालाई बिक्री गरी नियमित गर्नुपर्ने हुन्छ । यो अनुसार अब चौधरीले एनबी इन्टरनेशनलको नाममा रहेको आप्mनो ५० प्रतिशत सेयर बेच्नु पर्ने हुन्छ । किनकी एनबी इन्टरनेशनल भनेको विदेशी बैँक वा वित्तिय संस्था होइन । १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने कानुनी व्यवस्थालाई धोती लगाउँदै विदेशी कम्पनीको नामबाट नबिल बैंक हात पार्न चौधरीले चोर बाटो समेत अवलम्बन गर्न खोज्दै आएका छन् ।

यस्तै कारण हो अनिल ज्ञवालीले बैंक छाडेर ग्लोवल बैंक पुगेका छन भने अहिले मारवाडीहरुका प्रिय सिइओ शशिन जोशीलाई बैंकमा भित्राइएको छ ।- नयाँ सञ्चार डट कम मा खबर छ

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: