×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भुक्तानी दिँदा गड्डीमा कम नोट : छानविन गर्न राष्ट्रिय वाणिज्य बैंकलाई निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भुक्तानी दिँदा गड्डीमा कम नोट : छानविन गर्न राष्ट्रिय वाणिज्य बैंकलाई निर्देशन

Artha Sarokar

२२ जेष्ठ २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी – भुक्तानी लिँदा बैंकले बनाएको रु एक लाखको प्याकेटमा कम नोट प्राप्त भएको भन्ने घटनाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक धनगढीलाई निर्देशन दिइएको छ ।
राष्ट्रिय वाणिज्य बैंक धनगढी शाखाबाट केही दिनअघि भुक्तानी लिँदा बैंकले बनाएको रु एक लाखको प्याकेटमा हजार दरका पाँच नोट कम प्राप्त भएको गुनासोसहित स्थानीय सेवाग्राही फूलकुमारी चौधरीले उजुरी दिएपछि सत्यतथ्य छानबिनका लागि बिहीबार उक्त निर्देशन दिइएको राष्ट्र बैंक धनगढीका निमित्त प्रबन्धक डिलाराम सुवेदीले बताए ।
उक्त बैंकबाट कूल रु दुई लाख ५० हजार भुक्तानी लिनुपर्नेमा एक÷एक लाखका दुई प्याकेट र रु ५० हजारको एकसहित तीन प्याकेट भुक्तानी लिइएकोमा रु एक लाखको एक प्याकेटमा हजार दरका पाँच नोट कम निस्केकाले आफू मर्कामा परेको चौधरीद्वारा दिइएको उजुरीमा उल्लेख छ ।
भुक्तानी दिँदा नोटको प्याकेटमा आफ्नो बैंकको छाप, भुक्तानीको मिति र भुक्तानी दिने कर्मचारीको दस्तखत हुनुपर्नेमा चौधरीले भुक्तानी लिएको नोटको प्याकेटमा यस्तो नदेखिएकाले बैंकबाट लापरबाही भएको पाइएको सुवेदीले बताए ।
यसै बीच नेपाल राष्ट्र बैंकले गएको बैशाख महिनादेखि सफा नोट प्रचलनमा ल्याउने बारेमा बनाईएको नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो ‘स्लीप‘ लगाएर पठाउनु पर्ने, अयोग्य नोटको प्याकेटमा रातो रङ्गको ‘स्लीप‘ लगाएर बजारमा नपठाई नष्ट गर्नु पर्ने, नोटको प्याकेटमा अहिलेसम्म ‘स्टिज‘ लगाउने गरिएकोमा अब देखि ‘स्टिच लगाउन नपाइने नयाँ नीति बनेको निमित्त प्रबन्धक सुवेदीले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी