
- अर्थ सरोकार सम्बाददाता
२०७१ साल पुस २ गते बुधवार नेपाल राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंकलाई समस्याग्रष्त धोषित गरेर बिभिन्न समयमा प्रकाशीत गरेको सचेतहुने सुचनालाई आधार मान्ने हो भने आज सम्म कर्पोरेट डेभलपमेन्ट बैंकमा केही सुधारको लक्षण देखिएको छैन ।
बैंकको बासलात हेर्दा जतिपनि घोटला भएका छन् तत्कालिन अध्यक्ष, तत्कालिन सिइओ कार्यकालमा उनीहरुकै अदुर्दशिता र निजी स्वार्थका कारण भएको देखिन्छ । आज बैंकका बर्तमान अध्यक्ष बिष्णु प्रशाद सुवेदी भएका छन् तर उनी थपना मात्र साबित भएका छन् । पुर्व अध्यक्षलाई चोख्याउन पुर्व सिइओलाई कार्वाहीको नाटक गरी नेपाल राष्ट्र बैंकले रु.५०००००। जरिवाना गरेको छ ।
यहासम्मकी समस्याग्रस्त संस्था रिजोलुसन महाशाखाको वार्षिक प्रतिवेदनमा पनि समस्यग्रस्त सबै बैकको रिपोर्ट प्रकाशित गरेर केवल कर्पोरेट डेभलपमेन्ट बैंकको मात्र सुपरीबेक्षणनै नगरी प्रतिवेदन सर्बजनिक गरिएको छ । आज पनि सबै योजना तथा निर्णय निवर्तमान अध्यक्षकै निजी कार्यालयमा हुने गर्दछ । अहिले सिइओमा उमेश कोइराला छन उनी आफै व्यापारी हुन भने कालो सुचिमा समेत परेका व्यक्ती हुन् यस्तो अबस्थामा बैंक सुधारमा जान्छ भनि सोच्नू मुर्खता हुन आउछ । हालै बैंकको बा ६च ६३६० नं.को कार पनि गायब भएको छ । जुन पुर्व सिइओ चढ्ने गर्थे ।
नेपाल राष्ट्र बैंकले यस बैंकलाई खारेजी तर्फ फाइल अगाडी बढाए लगत्तै बैकलाई कौडीको दाममा आफुभन्दा श्रेणी कम ग श्रेणीको फाइनान्स कम्पनीलाइ १०० को ६०को दरमा बिक्री गर्ने निर्णय बोर्डले पासगर्दैछ । यो निणर्यले सिमित व्यक्तीलाइ त लाभ होला तर सर्बसाधारण शेयरधनि लगायत कर्मचारीको बेहाल हुनेछ । यस बैकलाइ चाडो भन्दा चाडो बिक्रीगरी चोखिने दाउमा लागेका सिमीत बोर्डका सदस्यहरुको निर्णय बैंकको कार्यालयमा नभएर निबर्तमान अध्यक्षको कार्यालयबाट हुनु र निर्णय स्वंय बर्तमान अध्यक्षलाइ समेत थाहा नहुनुले प्रष्ट पार्दछ राजनितिको प्रभाव कति छ भन्ने ।
अब पनि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी आफ्नो हातमा नलिने हो र बैक डुवाउन खोज्ने हरुलाई कानुनी कठघरामा नउभ्याउने हो भने यस्का शेयर धनिको लगायत निक्षेप कर्ताको लगानी सुरक्षामा आंच आउने निश्चित छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्