Skip to content
LAXMI SUNRISE BANK

यति सम्म गरेका रहेछन् केपी ओलीले प्रचण्डलाई फकाउन, तर पनि केहि सिप लागेन…

अर्थ सरोकार

प्रधानमन्त्री केपी ओली चतुर्याईंपूर्वक अविश्वासको प्रस्ताव छल्न सफल भएका छन् र पदमुक्त हुँदै गर्दा सर्वाधिक नेपालीको मन जित्न सक्ने प्रधानमन्त्री पनि नेपालको इतिहासमा ओली नै बनेका छन् । संसद्को तेस्रो ठूलो दल माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पद हस्तान्तरण गरेर विद्यमान सत्ता गठबन्धन टिकाउनुभन्दा सम्पूर्ण रुपले सत्ताच्युत हुनुपर्ने मार्ग ओलीले किन रोजेका हुन आश्चर्य र जिज्ञासाको विषय बनेको छ । 
माओवादीको उदय भएदेखि नै उक्त समूहको सर्वाधिक विरोधी मानिँदै आएका केपी ओली एउटा बाध्यात्मक अवस्थामा पुगेपछि मात्र माओवादीलाई बोक्न तत्पर भएका थिए । ओलीलाई यति चाँडै र यसरी माओवादीले सरकार छोड्ने विश्वास नभएको ताइन्छ । अरु जेसुकै दिए पनि माओवादीलाई प्रधानमन्त्री पद दिने सोचमा ओली थिएनन् । 
कारण जे बताइए पनि प्रचण्डको प्रधानमन्त्री बन्नकै लागि साथ छोडेको हो भन्नेमा ओली स्पष्ट छन् । आफूलाई धोका दिएको र संसदको दोस्रो या पहिलो ठूलो दलभन्दा बाहेकको तेस्रो दललाई सरकारको नेतृत्व दिनु सैद्वान्तिक रुपले समेत गलत हुनसक्ने भन्दै ओलीले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट हरहालमा रोक्ने योजना बनाएका छन् । प्रचण्ड प्रधानमन्त्री बन्दा राजनीति दूषित एवं विकृत बन्ने ओलीको ठहर छ । 
त्यसैले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिने पक्षमा उनी रहेका छन् । आगामी साल माघ ७ गतेसम्म सरकारको नेतृत्व लिने हो भने कांग्रेसलाई एकमना सरकार गठन गर्न बाहिरबाठ समर्थन गरिदिने र तीन महिनापछि मात्र आफूहरु सरकारमा सामेल हुने योजना ओलीको रहेको बुझिन्छ । के–के गरे ओलीले  ? माओवादीले सरकार छोडेर बाहिरिने निर्णय लिएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले एक मात्र प्रयास माओवादीलाई सरकारको नेतृत्व दिनुहुँदैन भन्ने विषयमा केन्द्रित रह्यो । 
आफ्नाविरुद्व अविश्वासको प्रस्ताव दर्ता नहुँदै ओलीले आफूपछिको सरकारको नेतृत्व लिन कांग्रेसका नेताहरुसमक्ष प्रस्ताव पठाइसकेका थिए । समाचारअनुसार अलिक समय लम्बिँदा कांग्रेसले सरकारको नेतृत्व लिने वातावरण बन्न सक्छ भन्ने ठानेका ओलीले ‘संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन नहुने अवस्था रहेको’ दावी र संविधान संशोधनको आदेश हुनसक्ने अपेक्षासहित सर्वोच्च अदालतमा रिट निवेदन दिने योजना बनाएका थिए । घटना र विचार साप्ताहिकमा खबर छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK