×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यात्रु बस त्रिशुली नदीमा खस्यो,२० को मृत्यु, १३ को जिवितै उद्धार (अपडेट)

LAXMI SUNRISE BANK
GLOBAL

यात्रु बस त्रिशुली नदीमा खस्यो,२० को मृत्यु, १३ को जिवितै उद्धार (अपडेट)

१० भाद्र २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

अपडेट ७: २५ 

१३ जनाको जिवितै उद्धार गरिएको छ । घटनास्थलमा प्रहरी र सेना खटिएका छन् । बाँकी केहि बचेको हुन सक्ने आशा गरिएको छ । घाइतेहरुलाई अस्पताल पुर्याइएको छ ।
___________________________________________________________________________    

अपडेट ६: ३०
दुर्घटनामा परेकामध्ये २०  जना भन्दा बढीको मृत्यु भएको छ भने १० जीवितै उद्धार गरिएको छ ।  नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् । 
___________________________________________________________________________

अपडेट ६: ००
काभ्रेको दुर्घटनाको खबर सेलाउन नपाउँदै अर्को दुर्घटना भएको छ । रौतहटबाट पोखराका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै दुर्घटनामा परेको छ । ग १ ख ३७०९ नम्बरको बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेर डुबेको छ । बसमा कम्तिमा ४८ यात्रु रहेको र उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी