
- मिमन पुलामी
करिब २ किलो ट्यूमर सहित शल्यक्रिया गरेर निकालिएको एक शिशुको उपचारका लागि आर्थिक सहयोग गरीदिन परिबारले आग्रह गरेको छ । सिन्धुलीको कपिलाकोट– ८ भुताहकी १७ बर्षिय टिका माया स्याङतनको पेटबाट सोमबार सल्यक्रिया गरेर करिब एक/ एक किलोको २ वटा मासुको पोको भएको बच्चा सकुशल निकालिएको हो ।
बच्चाको घाटिमा एउटा र कोखामा एउटा पानी सहितको मासुको पोको छ । ट्यूमर सहित सल्यक्रिया गरेर निकालिएको शिशुको स्वास्थ्य अबस्था राम्रो भएकाले बेलैमा उक्त मासुको सल्यक्रिया गर्न सके बच्चा बचाउन सकिने जिल्ला अस्पताल सिन्धुलीका डाक्टर सुमित्रा गौतमले जानकारी दिइन ।
बच्चाको परिबारको आर्थिक अबस्था अत्यन्तै कमजोर भएकाले उक्त शिशुको उपचारका लागि आफूले जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरु प्लान नेपाल, यूनिसेफ लगायतका सहयोगी संघसंस्थाहरुलाई आग्रह गरिदिएको पनि उनले जानकारी दिइन । साथै आफ्नो ब्यक्तिगत तर्फबाट समेत एक हजार रुपैया आर्थिक सहयोग गरेको डाक्टर गौतमको भनाइछ ।
जिल्लामा यस्तो प्रकृतिको उपचार हुन नसकिने भएकाले शिशुको उपचारको निम्ति काठमाडाँै लानु पर्ने आफूले सुझाब दिएसंगै दिन रातको छाक तार्न मुस्किल शिशुको परिबार शिशुलाई अब के गर्ने भन्ने अन्योलमा परेकाले सहयोगको लागि सबैसंग आग्रह गरीएको उनले बताइन ।
४ किलो तौल भएको शिशु र आमा दुबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आबश्यक जाचबिना शिशुलाई के भएको हो भन्ने बारे यतिकै भन्न नसकिएपनि गर्भबती अबस्थामा आमाको आबश्य खानपान तथा पोषणको कमीले त्यस्तो हुन सक्ने डा गौतमको भनाई छ । डाक्टर गौतमका अनुसार गर्भबतीले नियमित स्वास्थ्य जाँच नगराएकाले समयमै यस्तो समस्या थाहा पाउन नसकिएको हो ।
गर्भबतीले राम्रोसित नियमित गर्भ जाच गराइ रहेको भए सोही अबस्थामा निराकरण गर्ने सकिने सम्भाबना हुन्थ्यो । गर्भबती अबस्थामा कम्तिमा पनि ४ पटक गर्भबती जाच गराउनु पर्ने हुन्छ । तर टिकामायाले एक पटक पनि आफ्नो गर्भ जाच नगरेको पाइएको उनले जानकारी दिइन ।
गर्भबतीले गर्भ आएदेखि सुत्केरी नभएसम्म १५ पटक गर्भ जाच गराउनु पर्छ । महिनाको २ वा एक पटक गर्भ जाच गराई रहेमा राम्रो हुने चिकित्सकहरु बताउछन । बिकसित देशहरुमा बच्चा गर्भमा आएसंगै सुत्केरी हुने अबस्थासम्ममा १८ पटक गर्भ जाच गराउने गर्छन ।
टिकामाया सुत्केरी बथा लागेको ३ दिनभएपछि कपिलाको बर्थिङ सेन्टरमा पुगेकी थिइन । कपिलाकट बर्थिङ सेन्टरमा पनि २ दिन बसेपछि मात्र जिल्ला अस्पताल आइपुगेको थिइन ।
जनचेतना र आर्थिक अभाबका कारण समयमै उपचार गराउन अस्पताल पुग्न नसक्दा जिल्लाका ग्रामिण भेगका धेरै महिलाहरुले प्रसब अबस्थामा ज्यान गुमाउदै आएका छन ।
- सहयोग गर्न चाहानेहरुले अर्थ सरोकार डटकममा सम्पर्क गर्न सक्नुहुनेछ। ९८५१०१७९१४
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्