×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकमा अर्को काण्ड ! जनताको पैसामाथि फूपूको श्राद्ध, संचालकहरुलाई १ तोला सुन र ३० हजार ? (फलोअप नं ७)

अर्थ सरोकार

प्रकाशित मिति : २१ श्रावण २०७३, शुक्रबार

PRIME CA

हिमालयन बैंकमा अर्को काण्ड ! जनताको पैसामाथि फूपूको श्राद्ध, संचालकहरुलाई १ तोला सुन र ३० हजार ? (फलोअप नं ७)

  • भुपेन्द्र आचार्य / राजतिलक 
काठमाडौँ – नेपाली जनताले खाई नखाई एक-एक पैसा गरी जम्मा गरेको हिमालयन बैंकमा जम्मा गरेको पैसा अच्चमले खर्च हुने गरेको भेटिएको छ । एक संचालकले नाम नलेख्ने शर्तमा भनेः– हिमालयन बैंकमा हामी संचालकहरुको बैठक भक्ता २० हजार, पत्रपत्रिका खर्च ७ हजार र तेल अन्य खर्च ३ हजार गरी मासिक ३० हजार पाउने नियम छ । यो कस्तो लुट हो । जनताको पैसा एउटा संचालकलाई मासिक ३० हजार भत्ता कहाँ छ । राष्ट्र बैंक किन बोल्दैन । 
अर्को अचम्मको कुरा के छ भने दशैं र तिहारमा प्रत्येक संचालक र अध्यक्षलाई १ तोला सुनको उपहार हिमालयन बैंकमा दिइन्छ । जबकी राष्ट्र बैंकले तीन वर्ष अगाडी नै यस्तो उपहार दिन नपाउने निर्देशन समेत वाणिज्य बैंकहरुलाई दिएको थियो । तर सो निर्देशन हिमालयन बैंकमा लाग्दैन किन भने हिमालयन बैंक राणा र राजा साबहरुको बैंक हो । 
हिमालयन बैंकमा ४ महिना अगाडी एउटा घटना यस्तो घटेको थियो । हिमालयन सम्शेर जवराका मुनिम भनौ वा बैंकल्पीक संचालक भिष्म चुडाँललाई संचालक बनाउन धेरै खेल भयो । पूर्व मन्त्री एवं राप्रपाका महामन्त्री सुनिल बहादुर थापाका छोरालाई संचालक बनाउन अशोक राजा साब र उहाँकी प्रिय पत्नी लागी परे तर भएन पछि झापाका प्रशाई थरका एक शेयर धनीले भिष्म चुडाँललाई बैकल्पीक संचालक नबानाए शेयर झिक्ने धम्की दिए पछि चुडाँल संचालक भए । 
चुडाँल हिमालय शम्शेर जवराको सम्पत्ती जम्मा गरी संचालक भएका व्यक्ति हुन । उनीको हैसियत यति ठूलो थिएन । यस्तै कर्मचारी सञ्चयकोषवाट पनि अशोक राजा सावले चाहेका ब्यक्ति संचालक भएन अर्को व्यक्ति राजेन्द्र धिताल नै आए यी सबै भएपछि  अशोक राजा सावले भिष्म चुडाँलको नियुक्तिपत्र दिन ४ महिना लगाएको स्रोतको दावी छ । 
जनताको पैसा माथी फूपूको श्राद्ध गर्ने हिमालयन बैंकका सञ्चालकहरुको वारेमा राष्ट्र बैंक किन बोल्दैन यो खोजीको विषय अब बन्नै पर्दछ की पदैन ?
यो पनि पढ्नुहोस् 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: