
काठमाडौं । व्यापारमा एउटा प्रतिष्ठानले अर्को प्रतिष्ठानको कर्मचारी किन्ने वा गोप्य रुपमा लब दिएर राख्ने कुनै नौलो विषय होइन । तर नेपालको मिडिया क्षेत्रमा पनि एक ठाउँमा काम गर्ने तर अर्कोबाट समेत तलव बुझ्ने हुने गरेको चर्चा हिजोआज नेपाल टेलिभिजनतिर चल्ने गरेको छ ।
देशको एक मात्र सरकारी च्यानल नेपाल टेलिभिजनमा काम गर्ने एक जना धिताल थरका उच्च कर्मचारीले लामो समयदेखि कान्तिपुर हाउसबाट तलब बुझ्ने गरेको चर्चा एनटीभीतिर चल्न थालेको खबर छ ।
तिनै धितालका कारण नेपाल टेलिभिजनले व्यापार गुमाउनु परेको मात्रै नभई एनटीभीका जिएम लक्ष्मण हुमागाईको भ्रष्टचारको काण्ड चर्र्किएको हो पनि भन्दा रहेछन्, एनटीभीका कर्मचारीहरु ।
तिनै धितालले एनटीभीको क्षमताले भ्याउँदैन भनेकाले एनटीभीले एन्फाले गर्ने प्रतियोगिताहरुको लाइभ गर्ने करोडौंको व्यापार गुमाएको चर्चा पनि चल्ने गरेको छ । एनटीभीले सक्दैन भनेपछि उक्त प्रोजेक्ट कान्तिपुर टेलिभिजनले लिएर लाइभ गर्दै आएको बताइन्छ ।
तर हुमागाई जीएम भएपछि उनले क्रिकेटको लाइभ गर्ने तथा शान्ति मन्त्रालयको १२ करोडको प्रोजेक्ट एनटीभीलाई दिलाएको कुरा कान्तिपुरलाई सैह्य नभएको बताउने गरिन्छ । अहिले त्यही शान्ति मन्त्रालयको प्रोजेक्टको भ्रष्टाचारको मुद्दाले जीएम हुमागाइको दाँतबाट पसिना निकालेको छ ।
शान्ति मन्त्रालयको १२ करोड कसरी बाँडिचुँडी खाने भन्ने योजनामा समेत संलग्न भएका तिनै खेलाडीले हुमागाईलाई कसरी फसाउन सकिन्छ भन्ने सूत्र सिकाएको पनि एनटीभीका वरिष्टहरु बताउने गर्दछन् ।
लौ पढ्नुस् सम्पादकको चर्तिकला
पत्रपत्रिका प्रकाशन गर्ने सम्पादक तथा प्रकाशकहरुका आ आफ्नै स्वार्थ हुन्छन् । कसैका समाजमा प्रतिष्ठा कमाउन कसैलाई धन कमाउन, कसैलाई अपराध ढाकछोप गर्ने अनेक उद्देश्य हुन्छन् ।
यीनै उद्देश्य मध्ये अपराध ढाकछोप र समाजमा पत्रकारको आवरणमा दादागिरी देखाउनका निम्ती पनि पत्रपत्रिकाको माध्यम बनाइएको समाचार बीरगन्जबाट प्राप्त भएको छ । प्राप्त समाचार अनुसार वीरगन्जका पत्रकार विजय कुशहवाले विभिन्न व्यक्तिका नाममा ९ वटा पत्रिका दर्ता गरेर सूचना विभागबाट प्राप्त हुने लोक कल्याणकारी विज्ञापन, वापतको रकम मासिक लाखौं खाने गरेको अनैतिक कार्य विरुद्ध पत्रकार समूह बीरगन्ज पर्साको नाममा पठाईएको पत्रमा उल्लेख छ ।
कुसहवालाई यस्तो नक्कली धन्दा गर्न प्रोत्साहन गर्नेमा प्रेस काउन्सिल नेपालमै कार्यरत १ जना अधिकृतको भित्री मिलेमतो भएको उल्लेख छ । विजयले कमाई खाने पत्रिकाहरुको वितरण यस्तो छ ।
१) सर्वसक्तिमान साप्ताहिक, २) जन विमर्श साप्ताहिक, ३) शारदा साप्ताहिक, ४) गहवा साप्ताहिक, ५) सर्वव्यापक साप्ताहिक, ६) शिष्टाचार साप्ताहिक, ७) क्राइम कन्ट्रोल साप्ताहिक, ८) रौटहट आवाज साप्ताहिक, ९) वीरगन्ज समाचारपत्र दैनिक गत वर्ष प्रेस काउन्सिल नेपालले वर्गीकरण गर्दा १÷१ तह घटाएर कारबाही गरे पनि विजयको धन्दा भने चलेकै छ, नेपालीपत्रमा उल्लेख गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्