×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेमा यौन व्यापारको जालो : धुलीखेलमा विहानै मैयाँको फोन, दलाल उस्तै सक्रिय !

PRIME CA

काभ्रेमा यौन व्यापारको जालो : धुलीखेलमा विहानै मैयाँको फोन, दलाल उस्तै सक्रिय !

३२ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काभ्रे – काभ्रेमा पछिल्ला दिनहरुमा यौन व्यापार फष्टाएको छ । सदरमुकाम धुलीखेलदेखि बनेपा सहरसम्म, यहाँ सम्मकी भर्खर बिकसित हुँदै गएको भनिएको भकुन्डेबेसीमा पनि खुलेआम यौन व्यापार हुने गरेको छ । धुलीखेलमा बेला बेलामा प्रहरीले होटल तथा लजहरुमा ‘रेड’ हान्ने गरेको भएपनि प्रहरीले उक्त कामलाइ प्राथमिकता नदिंदा अहिले काभ्रेका विभिन्न स्थानमा खुलेआम यौन व्यापार हुन थालेको छ । 
धुलीखेलमा विहानै मैयाँको फोन :
धुलीखेलमा त झन् विहानैदेखिनै शरीरको मोलमोलाई हुने गरेको छ । एकाविहानैदेखि यौनकर्मी तथा तिनका दलालहरु ग्राहकको खोजीमा हिड्ने गरेका छन् । धुलीखेलको मुख्य बजार, बसपार्क लगायतका ठाउँमा दलालहरुको उपस्थिति देखिने गरेको छ धुलीखेल र बनेपा शहरको बिचका केहि ठाउँहरुमा पनि विहानैदेखि दलालहरु सक्रिय हुने गएका छन् । १५ बर्षदेखि  २५ वर्षका यौनकर्मीहरु बजारमा सक्रिय हुने गरेका छन् । 
१००  देखि ५००० रुपैयाँसम्मको ‘डिल’     
काभ्रेको धुलीखेल, बनेपा लगायतका ठाउँहरुमा १०० देखि ५००० हजारसम्मको ‘डिल’ हुने गरेको छ । बनेपा बसपार्क वरपर १०० रुपैयाँदेखि १००० रुपैयाँसम्म शरीरको मोल तोक्नेहरु भेटिन्छन् भने धुलीखेलतिरका यौनकर्मीहरु केहि महंगा हुने गरेका छन् । धुलीखेलका अधिकांस लजहरु यस्तै जोडीले भरिभराउ हुने गरेका छन् । अधिकांस यौनकर्मीहरुका ग्राहक बसका चालक र सहचालक बढी हुने गरेका छन् भने धुलीखेल  घुम्न गएका पर्यटकहरु समेत उनीहरुका ग्रहाक बन्ने गरेका छन् । 

कहाँबाट आउँछन् यौनकर्मी ?
काभ्रेमा यौनकर्म गर्नेहरु कतिपय काभ्रेकै स्थानीय छन् भने कतिपय काभ्रेका बिकट गाउँहरुबाट आउने गरेका छन् ।  काभ्रेका बिकट बस्तीहरुमा रहेको गरिवीका कारण धेरैजस्तो नपढेका महिलाहरु यौन कर्ममा लागेका छन् । भर्खर १५ लागेका किशोरीदेखि २५ नाघेका महिलाहरुसम्म काभ्रेमा यौनकर्ममा लागेको देखिन्छ । बनेपामा भेटिएका यौनकर्मीहरुमध्ये धेरैसँग यौन रोगबारे जानकारी छैन । गर्व निरोधक चक्कीको बढ़ी सेवनले हुने खतरा बारेसमेत उनीहरु जानकार छैनन् । आफुहरुले यस्तो पेशा अंगाल्नुको पछाडी गरिवी नै कारण भएकोले आफुहरसँग यसको विकल्प समेत नरहेको उनीहरुको भनाइ छ ।  
भूकम्पपछी बढे यौनकर्मी :
काभ्रेमा विशेषगरी भूकम्पपछी यौनकर्मीहरुको संख्या बढेको छ । काभ्रेका कतिपय बिकट बस्तीहरुमा भूकम्पले पारेको प्रभावपछी त्यहाँका किशोरीहरु यौन व्यापारमा संलग्न भएका छन् । बनेपा बजारमा भेटिएका यौनकर्मीहरुले गरिवीका कारण आफुहरुले यस्तो पेशामा लाग्ने गरेको बताउँछन् । काभ्रेको बनेपामा भेटिएकी नम्रता तामाङ (नाम परिवर्तन)ले आफु रहरले नभई वाध्यताले यस्तो काम गर्न बनेपा आएको बाताउँछिन । भूकम्पले पूरै गाउँ नै सोतर बनाएपछी आफुहरुसँग अरु केहि विकल्प नभएको उनको गुनासो छ । 
अर्थ सरोकार @ काभ्रे…यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: