
काठमाडौं–समानुपातिक सभासदको सुविधाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई सभासद बनाएका नेताहरुको फेरी अर्को स्वर्ण युग आउन लागेको छ । विभिन्न पार्टीका नेताहरुले श्रैमती, प्रेमिका, साली तथा नातेदारहरुलाई समानुपातिबाट सभासद् बनाएका थिए ।
नयाँ संविधान बनेसँगै ती सभासदहरु सांसदमा परिणत भएका छन् भने अब श्रीमती सांसदहरु चाहिँ मन्त्रीमा परिणत हुने तरखरमा लागेर पति र प्रैमीहरुलाई बसीसख नण्ठी सुखको अवस्थामा पुर्याएका छन् ।
नयाँ गठबन्धन सरकारका पर्दापछाडीका सारथी हुन भने शेरबहादुर देउवा । देउवाकी पत्नी आरजु देउवा पनि सांसद छिन् । यसपटक उनले मन्त्री बन्ने रहर गरेकी छिन् ।
देउवा पत्नीको रहर पूरा गरिदिनुपर्नेछ माओवादीका भावी प्रधानमन्त्री प्रचण्डले । आरजुले यसपटक मन्त्री बन्न असाध्यै रहर गरेको बुझिन्छ र देउवालाई पनि सरुवा रोग झैं पत्नीको रहर सरेको कांग्रेसभित्र चर्चा छ ।
यसको अर्थ हो– तारतम्य मिल्यो भने आरजु देउवा अब मन्त्री बन्नेछिन् ।
त्यसैगरी राजेन्द्र महतोको पत्नी शैलीदेवी महतो पनि मन्त्री बन्ने पक्कापक्की जस्तै छ ।
सद्भावना पार्टीका नेता कार्यकर्ताहरु भन्दैछन्,– हाम्रो पार्टीलाई मन्त्रीपद मिल्यो भने शैलीदेवी मन्त्री बन्छिन्, अरुको पालो त्यसपछि । आफैं सांसद नभएकाले पत्नी शैलीदेवीको नाममा राजेन्द्र महतोले कुनै मन्त्रालय सम्हाल्न लागेका छन् । आजको साँघु साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्